
एनआरएनलाई राजनीतिक अधिकार बिहिन विशेष नागरिकता
काठमाडौं। नयाँ बन्ने संविधानमा गैर आवासीय नेपाली लागि विशेष नागरिकताको व्यवस्था हुने भएको छ। संवैधानिक राजनीतिक संवाद तथा सहमति समन्वय समितिको शुक्रबार सम्पन्न बैठकमा गैर आवासीय नेपालीका लागि विशेष नागरिकता दिने विषयमा सहमति भएको हो।
विशेष नागरिकता लिने व्यक्तिले आर्र्थिक, सांस्कृतिक र समाजिक अधिकार प्राप्त गर्ने छ। यसअघि संविधानमा वंशज, अगीकृत र मनार्थ नागरिकताको मात्रै व्यवस्था थियो।
विशेष नागरिकता हुने व्यक्तिले राजनीतिक अधिकार भने प्राप्त गर्ने छैन। गैर आवासीय नेपालीले चुन्ने चुनिने अधिकार भने प्राप्त गर्ने छैनन्।
यसअघि गैर आवासीय नेपालीका लागि परिचयपत्रको व्यवस्था गरेको थियो। तर पाँच वर्ष नेपाल बसेर पहिले त्याग गरेको नागरिकता पुन प्राप्त गर्न सकिने छ। त्यस्तो नागरिकता वंशज भए वंशजकै र अगिकृत भए अगिकृत प्राप्त गर्ने छन ।
राष्टपति, प्रधानमन्त्रीसहित संवैधानिक अंगको प्रमुख बन्नका लागि भने वंशज नागरिकता प्राप्त गरेको व्यक्ति हुनुपर्ने छ। वंशजको नागरिकता आमा र बुबा दुवै नेपाली भएको सन्तानले मात्रै प्राप्त गर्ने छन।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने