काठमाडौं । पछिल्लो समय भारत सरकारले भारतीय सैनिकमा कार्यरत गोर्खाली सैनिकलाई प्राथमिकता राखेर सम्बोधन गर्न शुरु गरेको छ । शनिबार मात्रै नेपाल भ्रमण सकेर स्वदेश फर्किन अघि आयोजित पत्रकार सम्मेलनमा भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतीय सैनिकमा कार्यरत गोर्खाली सैनिकको खुलेर प्रसंसा गरेका छन् ।
‘नेपाल मात्रै यस्तो देश हो । जहाँका नौजवानहरु भारतको सीमारक्षाका लागि पसिना मात्रै होइन, रगत पनि बगाउँछन्,’सिंहले भने । भारतीय दूतावासले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा पनि सिहले नेपाली अधिकारीहरुसँगको भेटमा भारतीय सैनिकमा नेपालीले पुर्याएको योगदानको प्रसंसा गरेको उल्लेख छ । यसअघि भारतीय दूतावासले जारी गर्ने विज्ञप्तिमा पूर्व गोर्खा सैनिकले पेन्सनको रुपमा कति पैसा नेपाल भित्र्याउछन भनेर मात्रै उल्लेख हुन्थ्यो ।
करिब डेढ महिना अघि नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपाली संसदलाई सम्बोधन गर्ने क्रममा गार्खाली सैनिकको बहादुरीको प्रसंसा गरेका थिए ।
‘हिन्दुस्तानले कुनै लडाइँ जितेको छैन, जुन जितसँग कुनै नेपालीको रगत नबगेको होस्’ मोदीले भनेका थिए – भारतको स्वाभिमान र रक्षाका लागि नेपालका बहादुरहरु मार्न र मर्न पछि परेनन्, आज म उनीहरुलाई अभिवादन गर्न चाहन्छु ।’
कुनै भारतीय सैनिकले म मृत्युसँग डराउँदिन भन्यो भने भने कि त उसले झुटो बोलेको हुने कि गोर्खा हुने भनेर भारतीय सेनाका फिल्ड मार्सलले आफूलाई भनेको मोदीले संसदमा सुनाएका थिए । ‘उनी भन्थे, कोही सेनाको जवाफ म मृत्युसँगै डराउँदिन भन्दा या त उ झुट बोलिरहेको छ वा उ गोर्खा हो’ मोदीले भने-‘यदि गर्खाले म मृत्युसँग डराउँदिन भन्छ भने त्यो सत्य हो ।’
भारतीय सेनामा ७ वटा गोर्खा रेजिमेन्टमा ३९ वलाटियन कार्यरत छ । भारत स्वतन्त्र हुँदा ६ वटा रेजिमेन्ट ब्रिटिस इन्डियन आर्मीबाट भारतीय सैनिक हस्तान्तरण गरिएको हो भने स्वतन्त्रता पछि सातौ बटालियन स्थापना गरिएको हो । फस्ट गोर्खा राइफल्स, थर्ड गोर्खा राइफल्स, फोर्थ गोर्खा राइफल्समा ५–५ वटा बटालिययन रहेका छन् भने फिफ्थ गोर्खा राइफल्स, एट र नाइन्थ गोर्खा राइफल्समा ६–६ वटा बटालियन र इलाभेन्थ गोर्खा राइफल्समा ७ वटा बटालियन रहेका छन् । भारतीय सेनामा २५ हजारभन्दा बढी गोर्खा सैनिक कार्यरत छन् ।
गोर्खाली सैनिकहरुले भारतीय सेनामा कार्यरत रहेर भारतले नेपाल युद्धमा संलग्न भएको तेस्रो देशसँग लड्ने गरेको छ । त्यसैले लेखक तथा अभियन्ताहरुले गोर्खालीलाई भाडाको सैनिकको रुपमा पनि व्याख्या गर्ने गरेका छन् र बेलाबेला गोर्खा भर्तीमाथि प्रतिबन्ध गर्नु पर्ने माग उठ्ने गरेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा