बेलायतकी महारानीले उदाहरणीय बहादुरी प्रदर्शन गर्ने चार पूर्व ब्रिटिस गोर्खा सैनिकलाई द क्विन्स ग्यालान्ट्री मेडल(क्युजिएम) प्रदान गरेकी छिन् । मेडल प्राप्त गर्ने पूर्व गोर्खाली सैनिकमा दीपककुमार थापा, जंगबहादुर गुरुङ, जीतमान सारु मगर र श्यामकुमार लिम्बु छन् ।
बहादुरीका लागि प्रदान गरिने यो मेडल गैरसैनिकलाई प्रदान गरिने तेस्रो ठूलो पदक हो। अफगानिस्तानको राजधानी काबुलस्थित ब्रिटिस काउन्सिलको आक्रमणमा उनीहरुले निर्वाह गरेको भूमिकाका लागि प्रदान गरिएको लन्डन गजेटमा प्रकाशित सूचनामा बताइएको छ । उनीहरु निजी सुरक्षा कम्पनी जीफोरएसको तर्फबाट त्यहाँ तैनाथ थिए।
तालिबान विद्रोहीले २०११ अगस्ट ११ का दिन काउन्सिलमा आक्रमण गरेको थियो। गजेटमा आक्रमणलाई ‘जटिल प्रकारको’ भनि उल्लेख गरिएको छ । आक्रमणमा विष्फोटक पदार्थले भरिएको दुई वटा आत्मघाती सवारी साधन प्रयोग गरिएको थियो । आक्रमणमा संलग्न चार लडाकु हतियारले सुसज्जित रहेको थिए । त्यस समयमा जीफोरएसकोतर्फबाट काउन्सिलका सुरक्षामा चार पूर्व गोर्खाली अतिरिक्त हतियारविहीन ६ अफगान सुरक्षाकर्मी र एक बेलायती सुरक्षा व्यवस्थापक थिए ।
छ अफगान सुरक्षाकर्मी मध्ये तीन जना गोली हानी मारिएका थिए भने तीन जना विष्फोटन र गोली लागि घाइते भएका थिए । चार मध्ये तीन गोर्खाली सैनिक घाइते भएका थिए । गोर्खाली जंग गुरुङले ‘भीषण संघर्षको क्रममा आफूसँग भएको सबै गोली गठ्ठाको प्रयोग गरेर विद्रोहीलाई रोकेर राख्न सफल भएका थिए ।’ आक्रमणको क्रममा उनले मेसिनगनबाट करिब ८ हजार राउन्ड गोली प्रहार गरेका थिए।
‘जंग गुरुङका विद्रोहीलाई रोकिराख्न सफल भएको र त्यही कारण कर्मचारी( काउन्सिल) लाई सेफ हाउसमा जान सफल बनाएका थिए ।’ टाउकोमा गोली लागेर पनि श्याम लिम्बुले ‘उनको उद्दार हुनुअघिसम्म गार्ड हाउसमै बसेर घाइते अफगान सुरक्षाकर्मीको सुरक्षा दिएका थिए ।’ करिब साढे सात घण्टापछि अफगान कमाण्डोले काउन्सिल नियन्त्रणमा लिन सफल भएको थियो।
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने