चौथो मिस यूएस् नेपालको उपाधि खुश्बु मिश्रले जितेकी छिन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा सम्पन्न प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिन्दै मिश्रले उपाधि जितेकी हुन् ।
मिश्र अमेरिकाको ओहियो राज्यमा बस्छिन । प्रतियोगितामा क्यालिफोर्नियाकी सुष्मा शर्मा फस्ट रनर अप तथा नोरउडकी सुष्मा अधिकारी सेकेण्ड रनर अप बनेकी छिन् । प्रथम हुने मिश्रले ५००० डलर बरावरको छात्रवृति, नेपाल आउने जाने हवाइ टिकट र चलचित्र निर्देशक सुरज सुव्वा नाल्बोको आगामी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन् । मिश्रलाई यसअघि मिस नेपाल यूएस् सुजिता वस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राइले ताज पहिरेका थिए ।
फस्ट रनर अपले तीन हजार र सेकेन्ड रनर अफले दुइ हजार अमेरिकी डलर छात्रवृति प्राप्त गरेका छन् । यस वर्षको टिकट विक्रीबाट संकलित रकम मध्येको १० प्रतिशत रकम हालै सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई प्रदान गर्ने आयोजक संस्था इप्लानेट नेपालका प्रमुख सन्तोष सापकोटाले बताएका छन् ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ