चौथो मिस यूएस् नेपालको उपाधि खुश्बु मिश्रले जितेकी छिन् । अमेरिकाको न्युयोर्कस्थित क्विन्स थिएटरमा सम्पन्न प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई उछिन्दै मिश्रले उपाधि जितेकी हुन् ।
मिश्र अमेरिकाको ओहियो राज्यमा बस्छिन । प्रतियोगितामा क्यालिफोर्नियाकी सुष्मा शर्मा फस्ट रनर अप तथा नोरउडकी सुष्मा अधिकारी सेकेण्ड रनर अप बनेकी छिन् । प्रथम हुने मिश्रले ५००० डलर बरावरको छात्रवृति, नेपाल आउने जाने हवाइ टिकट र चलचित्र निर्देशक सुरज सुव्वा नाल्बोको आगामी चलचित्रमा अभिनय गर्ने अवसर प्राप्त गरिन् । मिश्रलाई यसअघि मिस नेपाल यूएस् सुजिता वस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राइले ताज पहिरेका थिए ।
फस्ट रनर अपले तीन हजार र सेकेन्ड रनर अफले दुइ हजार अमेरिकी डलर छात्रवृति प्राप्त गरेका छन् । यस वर्षको टिकट विक्रीबाट संकलित रकम मध्येको १० प्रतिशत रकम हालै सिन्धुपाल्चोकमा गएको पहिरोका पीडितलाई प्रदान गर्ने आयोजक संस्था इप्लानेट नेपालका प्रमुख सन्तोष सापकोटाले बताएका छन् ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै