इटहरी । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मध्य तथा उत्तरी मोरङका सयाँै बालबालिकाले दैनिक निगुरोको साग बेचेर पढाइ खर्च जोहो गरिरहेका छन् ।
उनीहरु बिहानै जङ्गल जान्छन् र डोकोभरि निगुरो पारेर घर ल्याउँछन् र कक्षा नचलेको समयमा लेटाङ, कानेपोखरी लगायतका बजारमा बिक्रीका लागि लैजान्छन् ।
उत्तरी मोरङको कानेपोखरीदेखि लेटाङसम्मको ११ किलोमिटरको दूरीमा पर्ने चारकोसे जङगल क्षेत्रमा पाइने निगुरो टिप्नका लागि सयौँ बालबालिका एकाबिहानै जङ्गलमा पुग्छन् ।
गरिब तथा विपन्न समुदायका बालबालिका हरेक दिन बिहान ५ देखि ९ बजेसम्म चारकोसे जङ्गलमा त्यसरी निगुरोको साग टिप्न प्रतिस्पर्धा गरिरहेको भेटिन्छ ।
त्यस क्षेत्रको जङ्गलमा पर्याप्त मात्रामा निगुरोको साग पाइने गरेको छ । निगुरोको साग बेचेर दैनिक रु २०० देखि ४०० सम्म आम्दानी गर्ने गरेको कानेपोखरीका १७ वर्षीया दीपेन राईले बताएका छन् ।
उनले भने, ‘लगानी गर्नु नपर्ने केवल समय लगाएर मिहिनेतका साथ निगुरोको साग खोजेर टिप्नु र त्यसलाई बिक्री गरी आएको आम्दानीबाटै मेरो पढाइ खर्चसँगै घरमा समेत आर्थिक सहयोग पुर्याएको छु ।’
पौष्टिक रुपमा समेत राम्रो मानिने निगुरोको सागको बजारसमेत राम्रो भएकाले बालबालिका निगुरो साग टिप्नका लागि उत्साहित भएको जिल्ला कृषि कार्यालय मोरङले जानकारी दिएको छ ।
नियमित रुपमा त्यस क्षेत्रमा सयभन्दा बढी बालबालिकाले निगुरो साग टिप्ने गरेको कृषि कार्यालयले जानकारी दिएको छ । प्रतिमुठा पाँच रुपैयाँमा त्यस क्षेत्रमा बालबालिकाले बेचे पनि व्यापारीले मोरङको विराटचौक, पथरी सुनसरीको इटहरी, धरानलगायतको बजारमा पुर्याएर प्रतिमुठा २० रुपैयाँसम्ममा बेच्ने गरेको पाइन्छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै