इटहरी । जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै मध्य तथा उत्तरी मोरङका सयाँै बालबालिकाले दैनिक निगुरोको साग बेचेर पढाइ खर्च जोहो गरिरहेका छन् ।
उनीहरु बिहानै जङ्गल जान्छन् र डोकोभरि निगुरो पारेर घर ल्याउँछन् र कक्षा नचलेको समयमा लेटाङ, कानेपोखरी लगायतका बजारमा बिक्रीका लागि लैजान्छन् ।
उत्तरी मोरङको कानेपोखरीदेखि लेटाङसम्मको ११ किलोमिटरको दूरीमा पर्ने चारकोसे जङगल क्षेत्रमा पाइने निगुरो टिप्नका लागि सयौँ बालबालिका एकाबिहानै जङ्गलमा पुग्छन् ।
गरिब तथा विपन्न समुदायका बालबालिका हरेक दिन बिहान ५ देखि ९ बजेसम्म चारकोसे जङ्गलमा त्यसरी निगुरोको साग टिप्न प्रतिस्पर्धा गरिरहेको भेटिन्छ ।
त्यस क्षेत्रको जङ्गलमा पर्याप्त मात्रामा निगुरोको साग पाइने गरेको छ । निगुरोको साग बेचेर दैनिक रु २०० देखि ४०० सम्म आम्दानी गर्ने गरेको कानेपोखरीका १७ वर्षीया दीपेन राईले बताएका छन् ।
उनले भने, ‘लगानी गर्नु नपर्ने केवल समय लगाएर मिहिनेतका साथ निगुरोको साग खोजेर टिप्नु र त्यसलाई बिक्री गरी आएको आम्दानीबाटै मेरो पढाइ खर्चसँगै घरमा समेत आर्थिक सहयोग पुर्याएको छु ।’
पौष्टिक रुपमा समेत राम्रो मानिने निगुरोको सागको बजारसमेत राम्रो भएकाले बालबालिका निगुरो साग टिप्नका लागि उत्साहित भएको जिल्ला कृषि कार्यालय मोरङले जानकारी दिएको छ ।
नियमित रुपमा त्यस क्षेत्रमा सयभन्दा बढी बालबालिकाले निगुरो साग टिप्ने गरेको कृषि कार्यालयले जानकारी दिएको छ । प्रतिमुठा पाँच रुपैयाँमा त्यस क्षेत्रमा बालबालिकाले बेचे पनि व्यापारीले मोरङको विराटचौक, पथरी सुनसरीको इटहरी, धरानलगायतको बजारमा पुर्याएर प्रतिमुठा २० रुपैयाँसम्ममा बेच्ने गरेको पाइन्छ ।
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित