लन्डन । बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूके आफ्नै भवन खरिद गर्न सफल भएको छ । डेढ वर्षको अथक प्रयासपछि संघले करिब तीन लाख ५० हजार पाउण्डमा घर खरिद गरेको हो । घर ७० कोभ रोड फ्लिटमा अवस्थित छ ।
हाउजिङ कमिटीका सदस्य एवं संघका सल्लाहकार योगकुमार फगामीका अनुसार, उक्त घरमा संघको कार्यालय रहनेछ भने मगर जाती सम्वन्धि धार्मिक कर्मकाण्डका लागि कार्यक्रम गर्न सकिने व्यवस्था छ । अब केही मर्मत गरि छिट्टै घर प्रयोगमा आउने बताइएको छ ।
घर किन्न सबै मगर जातीको पहल थियो । हाउजिङ कमिटी कोअर्डिनेटर एवं संघका उपाध्यक्ष राजन राना, सदस्यहरु जगत थापा, दलमान पुन, योगकुमार फगामी, घन थापा, संघका अध्यक्ष दूत पुन लगायत संघका समस्त पदाधिकारी, ट्रष्टीहरु, आजीवन सदस्यहरु, सदस्य र मगर समुदायबाटै चन्दा संकलन गरि घर किनिएको हो ।
हाउजिङ कमिटीले सबै चन्दादाताप्रति आभार समेत व्यक्त गर्दै आफ्नो महत्वकांक्षी योजना सफल भएकामा प्रसन्नता व्यक्त गरेको छ ।
बेलायतद्वारा रूस विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा