लन्डन । बेलायतमा पनि अब ‘मिनी नेपाल’ बनिसकेको छ । कारण, नेपाली जनसंख्या डेढ लाख पुगिसकेको आंकलन गरिन्छ । यहां सातापिच्छे केही न केही नेपाली कला, संस्कृति झल्कने कार्यक्रम भइरहेका छन् । चाहिएको नेपाली सामान किन्न सम्भव छ । पशुपति मन्दिर देखि वौद्ध गुम्बा बेलायतमै छन् । कतिपयले त मजाक पनि गर्छन् कि अंग्रेजहरुको देशमा हिन्दी र नेपाली बुझे बांचिन्छ । दशक अघि जस्तो कोही नेपाली भेटिंदा टक्क अडिएर वातचित गर्ने अवस्था अब रहेन । बरु हिंड्दा नेपालीसंग मात्र ठोकिने स्थिति भइसकेको छ ।
यही परिवेशमा सबैको ध्यान आसन्न नेपाली मेलातिर आकृष्ट छ । आगामी अगष्ट २४ दिउसो केम्पटन पार्क रेस कोर्स स्टेडियम, लन्डनमा हुन गइरहेको छैटौं नेपाली मेलाले मिनी नेपालको झल्को दिने भएर हजारौं नेपाली त्यहां सामेल हुदैछन् । तन्नेरीलाई डेटिङ स्पट यहीं हुनेछ भने वृद्धवृद्धा पनि आफ्ना दौंतरी अनि नातेदार भेट पाइने भएर उत्साहित देखिन्छन् ।
नेपाली कला, संस्कृति, भेषवुषा, रहनसहन वा परम्परा प्रवासमा समेत स्मरण गराउने एकमात्र उक्त मेलामा यसपटक ९९ वटा विभिन्न जातीय एवं सामाजिक संघसंस्थाको प्रतिनिधित्व रहने निश्चित भएको आयोजक तमुधिं यूकेले जनाएको छ । अघिल्लो वर्ष सहभागी नभएका बेलायतस्थित मगर संघ, तमु प्हे ल्यू संघ, किरात याक्थुङ चुम्लुङ आदि संस्थाको समेत यसपटक सहभागिता रहनेछ । मेलालाई लन्डनस्थित नेपाली दूतावास, गैर आवासीय नेपाली संघ, बेलायत र अन्य विभिन्न संघसंस्थाको साथ छ ।
मेला संयोजक तथा तमुधि यूके उपाध्यक्ष ज्ञाम गुरुङले मेला तयारी ९५ प्रतिशत सकिइसकेको जानकारी वीनेपालीलाई दिए । संयोजक गुरुङका अनुसार ६ हजार टिकट छापिएकामा आगन्तुक बढ्ने तथ्यलाई मध्यनजर गर्दै ८ हजार टिकट छाप्न अर्डर दिइएको छ । अतिथी र अन्य आमन्त्रित पाहुना समेत गरि मेला हेर्न करिब दशहजार सामेल हुने अनुमान आयोजकको छ । ‘मेला एकदम अत्याधुनिक प्रविधिले सञ्चालन हुनेछ’, संयोजक गुरुङले भने, ‘टिभी रेडियोलाई लाइभ देखाउन, सुनाउन र प्रत्यक्ष सहभागी दर्शकहरुलाई गतिविधि देखाउन बीग स्क्रिनमा डिस्प्ले व्यवस्था मिलाइएको छ, टिकट अनलाइनबाट धमाधम विक्री भइरहेको छ ।’ उनले मेलाबाट बेलायतस्थित समस्त नेपाली समुदायबीच रहेको एकता प्रष्ट झल्कने समेत बताए । मेलामा नेपाली दूतावास र स्थानीय काउन्सिल पदाधिकारी समेत उपस्थित हुनेछन् ।
मेलाको मुख्य आकर्षण विभिन्न संघसंस्थाको झांकी प्रदर्शन, कल्चरल डान्स प्रतियोगिता, चिनिया ड्रयागन नाच, धवलागिरी पञ्चे बाजा, युवाहरुको कन्सर्ट अनि नृत्य, कोरियन डान्स, तेक्वान्दो कला प्रदर्शनी, खाना स्टल, च्यारिटी स्टल, आकर्षक पुरस्कारसहितको राफल ड्र आदि छन् । मेलाबारे औपचारिक जानकारी भोलि शनिवार मेला हुने स्थानमै एक पत्रकार सम्मेलनमार्फत दिने कार्यक्रम छ । अध्यक्ष कमल गुरुङले मेलासंग बेलायतवासी नेपालीहरुको पहिचान, इज्जत र गौरव जोडिएकाले यसलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् । उनले मेला तमुधिले गर्ने भएपनि यो बेलायतवासी समस्त नेपालीको मेलाका रुपमा बुझिदिन अनुरोध समेत गरे ।
तमुधि यूकेले मेलाबाट आउने केही मुनाफा सुनकोशी बाढी पीडितहरुको सहयोगार्थ नेपाल पठाउने जनाएको छ । अघिल्लो वर्ष उसले हेल्प नेपाल नेटवर्कलाई अढाई लाख रुपैंया प्रदान गरेको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित