मोरङ । मोरङको उर्लाबारी ६-मंगलबारेकी अप्सरा कार्कीले एकल जीवन बिताउन थालेको १४ वर्ष भयो ।
श्रीमान् बितेर वा पारपाचुके गरेर उनी एकल महिला बनेकी होइनन् । लगातार चार जना छोरी जन्माएको भन्दै २०५७ मा अप्सराका श्रीमान् मनबहादुर घर छोडेर निस्किए । त्यसयता मनबहादुरको न फोन आएको छ । न चिट्ठी पत्र नै ।
आफू ३३ वर्षको छँदा चार छोरीहरूको लालनपोषणको जिम्मेवारी छोडेर श्रीमान हिँडेपछि अप्सराको जीवनमा उज्यालो दिन कहिल्यै आएन । उनी भन्छिन् -कुट्नु पिट्नु मात्र महिला हिंसा होइन रहेछ ।
आफ्नो विगत सुनाउनु नपरे हुन्थ्यो भन्दै उनले थपिन् -जेठी छोरीको बिहे गरिसकें । एउटीले सधैंका लागि विदा लिईं । दुइटीको पालन पोषण गरिरहेको छु ।
सोही गाउँकी लक्की चौधरीको बुवाले दाइजो दिन नसकेको कारण घर बिग्रियो । भारतको पानीटंकीमा बिबाह भएकी लक्कीले ३ महिना पनि घर खान सकिनन् ।जायजन्म समेत नभएपछि उनी अहिले माइतीको सहारामा छिन् ।
उता मोरङ केराबारी-७ डाँगीकी ३१ वर्षीया टीकादेबी कार्कीले सामाजिक दबाब र पारिवारिक असहयोग भएपछि श्रीमानलाई सौता हाल्ने बाटो खोलिदिइन् ।जेठी श्रीमती मरेपछि ४० वर्षीय तिलक कार्कीले सामाजिक परम्परा अनुसार २०६२ मा टीकादेबीलाई विहे गरे ।एउटा छोरो जन्मिसकेपछि तिलकलाई टीका देबी मन पर्न छोड्यो । टीका माइत गएको बेला तिलकले कान्छी भित्त्र्याए ।
सासुससुरा र घरपट्टिका आफन्त भनाउँदा कसैले साथ नदिएपछि टीकादेवी इलाका प्रहरी कार्यालय बेलबारीसँग कानूनी उपचार खोज्न पुगिन । प्रहरीमा श्रीमान् र सौता विरुद्ध उजुरी गरेपछि प्रहरीले उनकी सौतालाई पक्राउ त गर्यो तर सामाजिक दवाब र बोलिदिने मान्छेको अभावमा उनले जाहेरी फिर्ता लिनु पर्यो र सौता हाल्ने बाटो खोलियो ।
समाजले २ कठ्ठा जग्गा र छोरोको पढाई खर्च वापत मासिक १ हजार दिलाउने तमसुक कागज गरेपछि टीकादेवीले आँखा भरि आँशु बनाउँदै समाजको अगाडि पहाडे कागजमा सहि छाप गरिदिइन् । उनले भनिन्-दिनहुँ श्रीमान् र सासूले कुट्थे ।
मोरङ जिल्ला हरेक क्षेत्रमा देशकै सम्पन्न र शिक्षित जिल्लामा गनिने गर्छ । तर, हरेक दिनजसो महिला हिंसाका घटनाहरू प्रहरीमा दर्ता हुने गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रुद्र चुडाल बताउँछन् । उनले भने – महिला हिंसा एकै पटक रोकिने प्रकृति घटना होइन् प्रहरीले बल गर्दा रोकिँदैन् । सामाजिक चेतना आवश्यक छ । वैदेशिक रोजगारका कारण पुरुष हिंसा समेत हुने गरेको उनले बताए ।
कुरिति अन्त्यका लागि राष्ट्रिय सञ्जाल पूर्वाञ्चलका संयोजक एवं महिला अधिकारकर्मी शोभा पालुङ्वा महिलाहरूलाई परनिर्भर बनाउन नसक्दा हिंसाका घटना बढेको बताउँछिन् । उनले महिलालाई स्वरोजगार बनाउन राज्यले तालिमको ब्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप