काठमाडौं, भदौ १५ (नागरिक)– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा विश्व अर्थशास्त्रलाई बाटो देखाउने ‘प्रभावशाली २५ युवा अर्थशास्त्री’ को सूचीमा नेपाली मूलका पराग पाठक पनि परेका छन् ।
३४ वर्षीय पाठक अमेरिकाको म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा एसोसियट प्रोफेसर छन् ।
‘आगामी दशकमा विश्वको अर्थतन्त्रबारे बुझ्न ४५ वर्षभन्दा कम उमेरका यी अर्थशास्त्रीको भूमिका सबैभन्दा प्रभावशाली हुनेछ,’ आइएमएफले भनेको छ । हार्बड विश्वविद्यालयबाट सन् २००७ मा विजनेश इकोनोमिक्समा पिएचडी गरेका पाठकलाई सन् २०१२ मा ह्वाइट हाउसले ‘प्रेसिडेन्सियल अर्ली क्यारिअर अवार्ड’ प्रदान गरेको थियो । यो अवार्ड प्रारम्भिक चरणको क्यारियरका लागि प्रदान गरिने सबैभन्दा ठूलो अमेरिकी पुरस्कार हो । काठमाडौं डिल्लीबजार पुख्र्यौली घर भएका परागका पिता सत्तरीकै दशकमा अमेरिका गएका थिए ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई