सानफ्रान्सिस्को (क्यालिफोर्निया) । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)–युएसएको अध्यक्षमा प्रदीप खनाल निर्विरोध निर्वाचित भएका छन् ।
दुई बर्षे कार्यकालका लागि भएको निर्वाचनमा खनाल नेतृत्वको १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । क्यान युएसए अमेरिकामा कार्यरत सूचना प्रविधिमा कार्यरत नेपालीहरुको संस्था हो ।
नयाँ निर्वाचित उपाध्यक्षद्वयमा नवीन आचार्य र सुशील सुवेदी छन् । त्यस्तै महासचिव र कोषाध्यक्षमा क्रमशः हिरा डंगोल र पुष्कर भण्डारी चयन भएका छन् ।
कार्यसमितिका सदस्यहरुमा जगदीश पाण्डे, निली श्रेष्ठ, सामना घिमिरे, सचिन महर्जन, विक्रम शर्मा, दुर्गाप्रसाद भुर्तेल र हरिहर दाहाल छन् । त्यस्तै टोपराज गुरुङ, क्षितीज थपलिया, राज गुरुङ, मन्दिप गुरागाई, प्रमोद पौडेल, प्रभात अधिकारी र सुरेशप्रसाद ओझा पनि सदस्यमा निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरुमा पूर्ब अध्यक्षहरु आमोद पोखरेल, नवीन खनाल र विनीत शर्मा पदेन सदस्य रहनेछन् ।
दुई बर्षको नेतृत्व सम्हाल्ने अवसर पाएका खनाल हाल कम्प्युटर चिप्स निर्माता कम्पनी इन्टेलमा कार्यरत छन् । इन्टेलमा सन् २००८ देखि कार्यरत उनी त्यहाँ सिनियर डिजाइन इन्जिनियर हुन् । युनिभर्सिटी अफ टेक्सस अस्टिनबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर अध्ययन पुरा गरेका उनी काठमाडौंस्थित सेन्ट जेभियर कलेजबाट १२ कक्षा उत्तिर्ण गरेपछि स्नातक अध्ययनको लागि अमेरिका आएका हुन् ।
खनालले क्यान युएसएमा एक कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
क्यान युएसए मार्फत अमेरिकामा रहेकामात्र नभएर अरु देशमा रहेका सूचना प्रविधिमा कार्यरतहरुबीच नेटवर्क विस्तारलाई समेत अघि बढाउने तयारी भएको छ । अहिले क्यान युएसएले नेपालमा संभाव्य क्षेत्रमा लगानीका बारेमा हरेक महिना एक पटक सिलिकन भ्यालीमा छलफल कार्यक्रम गर्दै आएको छ ।
क्यान युएसएमा अमेरिकाका बिभिन्न राज्यमा रहेका सूचना प्रविधिसँग निकट रहेका झण्डै तीनसय सदस्यहरु छन् ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई