लन्डन । कीर्ते कागजात धन्दामा संलग्न भई अध्यागमन दुरुपयोग गरेको अभियोगमा एक नेपाली लन्डनमा जेल परेका छन् । लन्डन हेज बस्ने ३६ वर्षीय शंकर भण्डारीलाई लामो सुनुवाइपछि ह्यारो क्राउन कोर्टले चार वर्ष चार महिना जेल सजाय तोकेको हो । भण्डारीको पारिवारिक श्रोतले यसको पुष्टि गरेको छ । ‘उहां वास्तवमा सोझो र सहयोगी हुनुहुन्थ्यो तर पाकिस्तानीले फंसाए’, एक आफन्तले नाम उल्लेख नगरिदिने शर्तमा भने ।
होम अफिसले सन् २०१२ अक्टोबर अन्तिम साता भण्डारी सहित एउटा गिरोहको कार्यालयमा छापा मारी असंख्य भिजा निवेदनहरु, हजारौं खाली पे स्लिप (ज्याला विवरण), २७ वटा मोवाइल, ३६ कम्प्युटर, हार्ड ड्राइभ र १५ हजार पाउण्ड नगद जफत गरेको थियो । यही काण्डमा समातिएर उनी धरौटीमा रिहा भएका थिए ।
धादिङ स्थायी घर भएका भण्डारी निकटले उनी करिब डेढ दशक अघि पढ्न बेलायत आएको बताएका छन् । हेजस्थित आफ्नो निवासमा समेत कार्यालय खोलेका भण्डारीले विद्यार्थीका लागि नक्कली सर्टिफिकेट उपलव्ध गराउने गरेको समेत एक विद्यार्थी सम्झन्छन् ।
भण्डारीसहित चार पाकिस्तानी नागरिक सजाद सुल्तान, सलमान सजाद, फिदा हुसेन, हाफिज उल्लाह र एक भारतीय नागरिक देवासिस शाह समेत जेल परेका छन् । उनीहरुलाई आठ वर्ष देखि ५१ साता सम्मको जेल सजाय तोकिएको छ । भण्डारी, सजाद र हुसेनलाई जेल सजाय भोगिसकेपछि स्वदेश फर्काइने स्थानीय पत्रिका ब्रेन्ट एण्ड किलबर्न टाइम्स्ले जनाएको छ ।
उक्त गिरोहले लन्डन नर्थ सर्कुलर रोडस्थित क्राउन हाउसमा कार्यालय सञ्चालन गरि कीर्ते धन्दा गर्दै आएका थिए । उच्च दक्ष व्यक्ति (हाइली स्किल्ड) ले पाउने ‘टियर वान’ भिसा आवेदकलाई सघाउन उनीहरुले नक्कली कम्पनीका नाममा बैंक खाता सञ्चालन देखि मनि ट्रान्सफर जस्ता कारोवार गरिरहेका थिए । अहिले त्यो हाइली स्किल्ड क्याटोगोरिज् बन्द भइसकेको छ ।
होम अफिस इमिग्रेसन इन्फोर्समेन्ट क्रिमिनल इन्भेस्टिगेसन्स् टिमका डेभिडले अध्यागमन दुरुपष्योग आफूहरुलाई सह्य नहुने बताए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण