इजरायल । तीनजना इजरायली किशोरको अपहरण र हत्या गरिएपछि शुरु भएको इजरायल–हमास बीचको तनावले इजरायलमा कार्यरत नेपालीहरुलाई पनि निक्कै चिन्तित तुल्याएको छ ।
इजरायल र हमासबीच यस किसिमको रकेट लेनदेन नयाँ नभए पनि यसपटक हमाससित बढी क्षमताका रकेटहरु भएकाले यहाँका नेपालीहरु मात्र होइनन् इजरायलीहरु पनि बढी चिन्तित छन् । केही महिनादेखि तेलअभिभमा बस्दै आएका पत्रकार करुण अर्यालको इजरायल अनुभव उनकै शब्दमा ।
तीनजना इजराइली किशोरको शव भेटिएकै दिनदेखि इजराइलले उनीहरुको हत्यामा हमासको संलग्नता रहेको निस्कर्ष निकाल्दै हवाई आक्रमण शुरु गर्यो । सो हत्यामा आप्mनो संग्लनता हमासले अस्वीकार गरेको छ । इजरायली आक्रमणको जवाफमा हमासले पनि इजरायली क्षेत्रमा रकेट हान्न शुरु ग¥यो । आज (आइतबार) छ दिन भइसक्यो । साइरन नबजेको दिन नै छैन । इजराइलले रकेटलाई बस्ती बसेको क्षेत्रमा पड्कन नदिन आइरन डोमको व्यवस्था गरेकोले अहिलेसम्म इजरायलतर्फ हताहति हुन पाएको छैन । डोमले रकेटलाई समातेर बस्ती नबसेको क्षेत्र वा मानिसको चहलपहल नभएको समुद्रमा लगेर विष्फोट गराउने पर्छ ।
साइरन बजेपछि तेलअभिभमा बंकरभित्र लुक्नका लागि ९० सेकेण्डको समय हुन्छ भने अन्य ठाउँमा १६ सेकेण्डभित्र लुकिसक्नुपर्छ । यसअघि हमासले तेलअभिभसम्म रकेट हानेका थिएनन् । अहिले उनीहरुसित बढी क्षमताका रकेट भएको पुष्टि भएको छ । त्यसले सबैलाई केही चिन्तित बनाएको छ । हामीलाई यस्तो अनुभव नभएपनि यहाँका स्थानीय बासिन्दालाई भने सामान्य झैँ लागेको देखिन्छ । बसहरु चलेकै छन् । पसलहरु खुलेकै छन् । म पनि सुपरस्टोरमा श्रीमती र छोरासहित किनमेल गर्न गएको बखतमै साइरन बज्यो । हतारहतार बंकरमा पस्यौँ । सुपरस्टोर, अपार्टमेण्ट, पार्क, सबैतिर बंकर हुन्छ । फलामै ढोका, फलामकै झ्याल भएको हुन्छ बंकर । बंकर पनि धेरै किसिमको हुन्छ । बस चल्दाचल्दै साइरन बज्यो भने बस रोकेर सुरक्षित ठाउँमा जानुपर्छ । गाडी चलाउँदा चलाउँदै साइरन बज्यो भने गाडी रोकेर बंकरतिर जानुपर्छ । बंकरमा जान सकिएन भने घरमै भ¥याङमुनी बस्ने गरिन्छ ।
नेपालीहरु प्रायः केयररको रुपमा काम गर्ने गर्छन् । यस्ता केयररहरुको दायित्य हुन्छ आफ्ना बलाबाइत (मालिक) को सुरक्षा गर्नु । यदि केयररले बलाबाइतको सुरक्षा गर्न सकेन भने उनीहरुलाई हत्याको आरोप पनि लाग्न सक्छ । नेपालीहरु खासै असुरक्षित छैन । धेरैजसो नेपालीहरु तख्ना मर्खाजीत क्षेत्रमा बस्छन् । त्यो क्षेत्र त्यस्तो जोखिमयुक्त छैन । केही नेपालीहरु त यस्तो गोलाबारुदको बाबजूद समुद्री तटमा बीबीक्यु गर्न पनि गएको देखेको छु । ‘मर्न त जहाँ पनि मरिन्छ’ भन्दै केही साथीहरुले मलाई पनि बोलाएका थिए । तर दिनचर्या भने प्रभावित भएको छ । म पहिले छोरा लिएर घुम्न निस्कने गर्थेँ । अहिले त्यो बन्द भएको छ ।
अहिलेसम्म इजरायलले करिब एक हजार, हमासले करिब ५०० रकेट प्रहार गरिसकेका छन् । यहाँका स्थानीय सञ्चारमाध्यमका अनुसार प्यालेष्टाइन अधीनस्थ गाजा क्षेत्रमा १६७ जनाको मृत्यु र हजारौँ घाइते भइसकेका छन् तर इजरायलतर्फ एक जनाको ज्यान गएको सुन्नमा आएको छ । बोर्डर क्षेत्रमा बसोबास गर्ने झापा बाहुनडाँगीकी पिंकी प्रधान चौबीसै घण्टा पड्किएको मात्र सुनियो भनेर तेलअभिभमा एक साताको बिदा मनाउन आएकी छिन् । यहाँस्थित नेपाली दूताबासले पनि नेपालीहरुलाई सुरक्षित रहन अपील गरेको छ ।
करिब छ हजार नेपाली इजरायलमा बसोबासरत छन् । इजरायलको आइरन डोमले अहिलेसम्म त सबैको सुरक्षा गरिरहेकै छ तर एकैचोटी धेरैवटा रकेट हानियो भने डोमले पनि काम गर्न सक्दैन भनिन्छ । उता हमासले भने हामी एकै चोटी ८० वटा रकेट हान्छौँ भनेर धम्की दिइरहेको पनि सुनिन्छ । तथापि इजरायलमा काम गर्नु इराक, अफगानिस्तान जस्तो जोखिमपूर्ण छैन ।
सन् २०१२ को नोभेम्बरमा युद्धविराम भएपछिको यो यति लामो द्वन्द्व हो । यतिखेर सबैलाई कहिले गोलाबारी बन्द होला भन्ने मात्र चिन्ता छ । अब संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन लगायत सबैको ध्यानाकृष्ट भएकोले छिट्टै युद्धविराम होला भन्ने आशा छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श