लण्डन । बेलायत नेपाल प्रज्ञा परिषद (विएनएसी)को वार्षिक साधारणसभाले प्रा डा डेभिड गेल्नरलाई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको छ ।
यसैगरी डा कृष्ण अधिकारीलाई परिषद्को महासचिव पदमा र डा सलेन हिटन श्रेष्ठलाई कोषाध्यक्ष पदमा चयन गरिएको छ । तीनै जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
गेल्नर अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक हुन् भने अधिकारी नेपाल अध्ययन केन्द्र संयुक्त अधिराज्यमा आवद्ध भई सोही विश्वविद्यालयमा कार्यरत छन् ।
साधारणसभाले परिषदका निवर्तमान पदाधिकारीहरु अध्यक्ष प्रा माइकल हट, महासचिव डा इयन हापर र कोषाध्यक्ष डा मारा मालागोडीलाई कार्यसमितिको सदस्यमा चयन गरेको छ ।
साधारण सभाले १३ औं नेपाल नेपाल अध्ययन दिवस अर्को वर्ष स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिज (सोआस), युनिभसिर्टी अफ लण्डनमा आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा प्रतिवेदन प्रस्तुत गर्दै प्रा. हटले परिषदको २०१४ को वार्षिक नेपाल प्रवचन कार्यक्रममा डरहम विश्वविद्यालयका प्राध्यापक तथा सह–उपकुलपति डा रविन कनिङघमले “तिलौराकोट–कपिलवस्तु : न्यु आर्कोलोजीकल डिस्कोभरी इन द नेपाल तराई” विषयमा प्रवचन दिने जानकारी गराए । सो प्रवचन १९ नोभेम्बरको साँझ ६ बजे सोआस, लण्डनको द खलिली लेक्चर थेटरमा हुनेछ ।
त्यसैगरी २०१५ को वार्षिक नेपाल प्रवचन “राइज् एण्ड फल अफ सिभिल सोसाइटी इन् नेपाल” विषयमा नेपालका पूर्व अर्थमन्त्री डा देवेन्द्रराज पाण्डेले दिनु हुने बताइएको छ ।
नेपालका विविध पक्षमा रुचि राख्ने बेलायतमा रहेका प्राज्ञ तथा शोधकर्ताको सोआस, लण्डनमा २३ मे २००० मा भएको एक भेलाले परिषद्को स्थापना गरेको हो । परिषदको उद्देश्य अनुसन्धानमा सहकारिता, शैक्षिक आदानप्रदान, बेलायती र नेपाली प्राज्ञ तथा शोधकर्ताको आपसी रुचिका विषयमा वार्षिक प्रवचन, सेमिनार आदिको आयोजना गरी नेपाल र बेलायतको आपसी प्राज्ञिक र शैक्षिक सम्बन्धको प्रबर्दन गर्नु रहेको बताइएको छ ।
यसैबीच, परिषद्ले यही अप्रिल २४ र २५ मा अक्सफोर्ड विश्वविद्यालयमा १२ औं नेपाल अध्ययन दिवसको आयोजना गरेको छ । परिषद्का तत्कालीन अध्यक्ष प्रा. माइकल हटको अध्यक्षतामा समापन भएको सो सभामा नेपालसम्बन्धी विभिन्न ७ विधामा बेलायत, युरोपका विभिन्न मुलुक र नेपालबाट आएका महानुभावहरुले छानिएका २० वटा अनुसन्धान पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा ५४ जना नेपाल वा नेपाली सBNACस्कृतिसम्बन्धी अनुसन्धानकर्ता र प्राज्ञहरु सहभागी भएका थिए ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो