लण्डन । लोकप्रिय नेपाली कलाकार महजोडीले युकेका विभिन्न तीन स्थानमा प्रस्तुति देखाउने भएका छन् ।
आयोजकहरुका अनुसार महजोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को यसपटकको पहिलो कार्यक्रम अप्रिल २६ तारिखमा अल्डरसटस्थित प्रिन्सेस हलबाट शुरु हुने छ । त्यसको भोलिपल्ट लण्डनको ह्यारोस्थित ह्यारो लिजर सेन्टरमा करिब २ हजार सहभागीसामू महको बेजोड प्रस्तुति हुनेछ भने अन्तिम शो फोल्कस्टोनस्थित हकिङ्ज सेन्टरमा मे ४ तारिखका दिन हुने छ ।
कार्यक्रमको आयोजक सपन इन्टरटेनमेन्टले यहाँ एक पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार नेपाली समुदायको अनुरोध आएमा अरु थप कार्यक्रम पनि हुने छ ।
महयात्रा नाम दिइएको सो कार्यक्रमका संयोजक कुल आचार्यका अनुसार विदेशिएका नेपालीलाई स्वदेशको सम्झना गराउन, नेपाली कला सँस्कृति जगेर्ना गर्न र कलाकारप्रति प्रवासका नेपालीको आदरभाव जागृत गराउन सो कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रममा लोकप्रिय गायिका अञ्जु पन्त, हरिवंश आचार्यका पुत्र संगीतकार मोहितवंश आचार्य तथा हाँस्यकलाकार नरेन्द्र कंसाकार लगायतको सहभागिता हुने बताइएको छ । साँझ ६.३० बजे शुरु हुने कार्यक्रम करिब ३ घण्टा लामो हुने छ ।
नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको सो यात्रा करिब ३ हजार नेपालीले प्रत्यक्ष हेर्ने आयोजकको दाबी छ । सम्मेलनमा दिइएको जानकारी अनुसार अल्डरसटको सोको लागि अगाडिको सिट पाउन ३० पाउण्ड, अग्रिम टिकट बुकिङ गरेमा १५ पाउण्ड र कार्यक्रमस्थलमै टिकट लिए २० पाउण्ड टिकट दर तोकिएको छ भने लण्डनको सोको लागि अगाडिको सिटका लागि २५ पाउण्ड, अग्रिम टिकट बुकिङ गरे १५ पाउण्ड र कार्यक्रमस्थलमै टिकट लिए २० पाउण्ड पर्ने छ । उता फोल्कस्टनका लागि भने अग्रिम बुकिङ गरे १५ पाउण्ड र कार्यक्रमस्थलमै टिकट किने २० पाउण्ड पर्ने छ ।
सपन इन्टरटेनमेन्टका सपनकुमार राईले महजोडीको कार्यक्रम विशुद्ध व्यापारिक कार्यक्रम भएको जानकारी दिँदै सबै कार्यक्रमहरु सपन इन्टरटेनमेन्टकै आयोजनामा हुने बताए ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक आचार्यले महजोडीलाई प्रवासी नेपालीका समस्याका बारेमा पैरवी गराउन आपूmहरुले सक्दो प्रयत्न गर्ने बताए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन