
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो ।
नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
विना विभागीय मत्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघिनै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो ।
सपथग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया र विना विभागीयमन्त्री थापा पनि उपस्थित हुनुहुन्थ्यो ।
गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा तीन सदस्यीय मन्त्री मन्त्रिपरिषद् गठन गरिएको थियो ।
नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हाल्नुभएको प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने