
लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईसित भेटी गोरखाहरुको समस्याका बारेमा अवगत गराएको छ ।
गेसो सभापति कृष्ण कुमार राईको नेतृत्वमा गएको भूपू सैनिकहरुको एक प्रतिनिधि मण्डलले आइतबार मन्त्री सुदन किराती र आज मन्त्री राजेन्द्रकुमार राईसित भेट गरेको हो ।
भेटमा मन्त्रीहरुलाई भूपू सैनिकहरुको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको साथै बेलायती सरकारले गोरखा सैनिकहरुमाथि सदियौंदेखि गर्दै आएको विभेदलाई अन्त्य गर्न नेपाल र बेलायत सरकार तथा भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्तालाई सार्थक बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न हार्दिक अनुरोध गरिएको सभापति राईले जानकारी दिनुभयो ।
मन्त्रीद्वयले आफूहरु पनि भूपू सैनिकहरुकै सन्तान भएको हुनाले गोरखा समस्या सम्बन्धमा जानकार रहेको अहिले नेपाल सरकारको जिम्मेवार मन्त्री पनि भएको हुनाले अहिले नेपाल र बेलायत साथै भूपू सैनिकहरुको सहभागितामा भइरहेको वार्ता हाम्रै कार्यकालमा सम्पन्न गर्न चाहेको बताएका थिए । उनीहरुले आफ्नो ज्ञान र विवेकले भ्याएसम्म वार्तामा नेपाल सरकारको तर्पmबाट प्रभावकारी भूमिका रहनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन