काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ईन्दिरा रानामगर निर्वाचित भएकी छिन् ।
आज प्रतिनिधिसभामा भएको मतदानमा उनलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा १६६ मत परेको थियो भने उनको विपक्षमा ९७ मत परेको थियो । एक सांसद तटस्थ बसेका थिए ।
कुल २६४ सांसद उपस्थित आजको बैठकमा रानामगरको पक्षमा बहुमत सांसदहरुको मत परेपछि नेपाली काँग्रेसको उम्मेदवार मुक्ताकुमारी यादवको उम्मेदवारीमाथि मत विभाजन गर्नु नपरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
रानामगरलाई सत्तारुढ दलहरुको समर्थन रहेको थियो भने यादवलाई विपक्षी नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतको समर्थन रहेको थियो ।
जेलमा रहेका बाबुआमाका छोराछोरीलाई आश्रय तथा शिक्षा दीक्षा दिएर राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएकी रानामगर पहिलोपटक संसदमा प्रवेश गरेकी हुन् ।
संयोग पनि यस पटकको प्रतिनिधिसभाका सभामुख र उपसभामुख दुवै पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन