
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा शीतल निवासदेखि पाटनढोकासम्मको यात्रा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी शनिबार दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका पुग्नुभएको हो ।
पाटनढोका पुगेर उहाँले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नुभयो । उहाँले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गर्नुभयो ।
त्यसपछि हिँडेर पिम्बहाः पुखु पुग्नुभएको थियो । पिम्बहाः मा उहाँले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिनुभएको थियो ।
काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्कनुुभयो ।
राजतन्त्र हुँदा राजाको सवारीका कारण लामो समय सडकमा सर्वसाधारणले पर्खनु परेकोमा गणतन्त्र आएपछि राष्ट्रपतिको सवारीका कारण उस्तै सास्ती भोग्नुपरेको सर्वसाधारणले गुनासो गर्ने गरेका छन् । राष्ट्रपति भण्डारीले केही साता अगाडीको एक टेलिभिजन अन्तर्वार्तामा सो कार्यको बचाउ गर्नुभएको थियो तर अहिले पदावधि सकिन लाग्दा बसमा यात्रा गरेर केही सन्देश दिन खोजेको भान भएको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ