
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बसमा शीतल निवासदेखि पाटनढोकासम्मको यात्रा गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी शनिबार दिउँसो शीतल निवासबाट विद्युतीय बसमा पाटनढोका पुग्नुभएको हो ।
पाटनढोका पुगेर उहाँले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नुभयो । उहाँले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथाको समेत अध्ययन गर्नुभयो ।
त्यसपछि हिँडेर पिम्बहाः पुखु पुग्नुभएको थियो । पिम्बहाः मा उहाँले नेवारी भजन श्रवणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिनुभएको थियो ।
काठमाडौँको रानीपोखरीभन्दा पुरानो पिम्बहाः पुखुको पुरानो नाम जगमदु पुखु हो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्कनुुभयो ।
राजतन्त्र हुँदा राजाको सवारीका कारण लामो समय सडकमा सर्वसाधारणले पर्खनु परेकोमा गणतन्त्र आएपछि राष्ट्रपतिको सवारीका कारण उस्तै सास्ती भोग्नुपरेको सर्वसाधारणले गुनासो गर्ने गरेका छन् । राष्ट्रपति भण्डारीले केही साता अगाडीको एक टेलिभिजन अन्तर्वार्तामा सो कार्यको बचाउ गर्नुभएको थियो तर अहिले पदावधि सकिन लाग्दा बसमा यात्रा गरेर केही सन्देश दिन खोजेको भान भएको छ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान