
काठमाडौँ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो ।
यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा स्यानिटाइजरको प्रयोग गर्न, नियमितरूपमा साबुनपानीले हात धुनेलगायत स्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ । यसैगरी कोभिड–१९ को बुस्टर डोज खोप लगाउन पनि अपिल गरिएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष २०२३, क्रिसमसलगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बिएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकाले खुला सिमाना र आवतजावतका कारण जोखिम रहेको विज्ञप्तिमा उल्लेख छ ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान