
काठमाडौँ नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ ।
आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह (रौतहट) रामप्रित राम (सिराहा), बद्री न्यौपाने (सर्लाही), रीता साह (सर्लाही), गङ्गा चौधरी (दाङ) र टेकबहादुर बलम्पाखी (महोत्तरी)लाई पनि केन्द्रीय सदस्यबाट निष्काशन गरिएको उहाँले जानकारी दिनुभयो ।
पार्टीका केन्द्रीय सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुवेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी शाह तथा पार्टीको समानुपातिक सूचीमा भएर पार्टीविरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको गुरुङले जानकारी दिनुभयो ।
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम