लण्डन । लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ ।
कामबाट घर फर्कँदै गर्दा मोटरबाइकमा सवार ३१ वर्षीय महेश चन्दको पुलबाट खसेर विहीबार राति निधन भएको छ ।
प्रहरीका अनुसार सो घटनामा अरू संलग्न नभएको बताइएको छ । कामबाट थाकेर मोटरसाइक चलाएका कारण सन्तुलन ब्रिग्रिँदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
नेपालको डडेलधुरा पुर्ख्यौली घर भई हाल महेन्द्रनगरमा बसोबास रहेका चन्द करिब ६/७ वर्षदेखि लण्डनको पूर्वी उत्तर क्षेत्रमा परिवारका साथ बस्दै आएका थिए । चन्दको दुई नाबालक सन्तान (छ वर्ष र डेढ वर्षको) रहेको बुझिएको छ ।
चन्दको परिवारले उनको शव नेपाल लैजान चाहेको छ । त्यसका लागि आर्थिक अभाव भएपछि उनीहरुले सहयोगका लागि गैरआवासीय नेपाली संघ युकेमा निवेदन दिएका छन् । एनआरएनए युकेले चन्द परिवारका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको अध्यक्ष सुनिलबाबु खड्काले जानकारी दिनुभयो । संघले उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा अभियान शुरु गरेको छ ।
सहयोग गर्न इच्छुकदाताहरुले गैरआवासीय नेपाली संघ युकेको बैँक खाता Non-Resident Nepalese Association UK Account No ५१७०७००० Sort Code 40-46-22 मा सहयोग गर्न सकिने बताइएको छ ।

पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते