लण्डन । लण्डनमा सडक दुर्घटनामा परी एक नेपाली युवाको निधन भएको छ ।
कामबाट घर फर्कँदै गर्दा मोटरबाइकमा सवार ३१ वर्षीय महेश चन्दको पुलबाट खसेर विहीबार राति निधन भएको छ ।
प्रहरीका अनुसार सो घटनामा अरू संलग्न नभएको बताइएको छ । कामबाट थाकेर मोटरसाइक चलाएका कारण सन्तुलन ब्रिग्रिँदा सो दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
नेपालको डडेलधुरा पुर्ख्यौली घर भई हाल महेन्द्रनगरमा बसोबास रहेका चन्द करिब ६/७ वर्षदेखि लण्डनको पूर्वी उत्तर क्षेत्रमा परिवारका साथ बस्दै आएका थिए । चन्दको दुई नाबालक सन्तान (छ वर्ष र डेढ वर्षको) रहेको बुझिएको छ ।
चन्दको परिवारले उनको शव नेपाल लैजान चाहेको छ । त्यसका लागि आर्थिक अभाव भएपछि उनीहरुले सहयोगका लागि गैरआवासीय नेपाली संघ युकेमा निवेदन दिएका छन् । एनआरएनए युकेले चन्द परिवारका लागि आर्थिक सहयोग संकलन अभियान शुरु गरेको अध्यक्ष सुनिलबाबु खड्काले जानकारी दिनुभयो । संघले उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा अभियान शुरु गरेको छ ।
सहयोग गर्न इच्छुकदाताहरुले गैरआवासीय नेपाली संघ युकेको बैँक खाता Non-Resident Nepalese Association UK Account No ५१७०७००० Sort Code 40-46-22 मा सहयोग गर्न सकिने बताइएको छ ।

तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम