
लण्डन । एनआरएनए यूकेले आइतबार अल्डरसटस्थित आफ्नै कार्यालयमा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
एनआरएनए यूके स्वास्थ्य विभागको आयोजनामा शिविर भएको हो ।
विभागका संयोजक डा विशाल गुरुङले संयोजन गरेको उक्त शिविरमा एनएचएस जिपी डक्टर जीत तामाङ, मानसिक स्वास्थ्य टिमकी सुष्मा गुरुङ लगायत नर्सहरुले स्वास्थ्य परीक्षण गरेका थिए ।
विशेष गरी भूतपूर्व गोर्खा वृद्धवृद्धाहरुको ब्लड प्रेसर, ब्लड सुगर, उचाईं, तौल र बीएमआइ जांच गरिएको थियो । अंग्रेजी भाषा नबुझ्ने वृद्धवृद्धा शिविरबाट बढी लाभान्वित भए ।
उक्त स्वास्थ्य शिविरलाई स्थानीय ग्रेटर रसमोर नेपलिज कम्युनिटीले पनि साथ दिएको थियो । एनआरएनए यूकेले अबदेखि प्रत्येक महिनाको अन्तिम आइतबार दिउसो २ देखि ४ बजेसम्म अल्डरसट कार्यालयमा निशुल्क स्वास्थ्य शिविर गर्न लागेको अध्यक्ष प्रेम गाहामगरले जानकारी दिएका छन् ।
अध्यक्ष गाहामगरले संघले जनहितका लागि अन्य कयौं कार्यक्रम गर्ने तयारी गरिरहेको पनि बताए । उनले शिविरमा संलग्न स्वास्थ्यकर्मी र सहयोगी ग्रेटर रसमोर नेपलिज कम्युनिटीप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम