लण्डन । गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा ञ्युङ्ने व्रतबारे धार्मिक प्रवचन दिनुहुने भएको छ ।
बीसीसी युकेको विशेष अनुरोधमा हाल बेलायत भ्रमणमा रहेका खेन्पो शीर लामाले आउँदो आइतबार २३ अक्टोबरका दिन दिउँसो १ बजेबाट उक्त प्रवचन दिन लागेका हुन् । बौद्ध परम्परामा ञ्युङ्ने व्रतलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । उक्त व्रत बस्नाले कल्पौंको पाप शोधन र पुन्य संचय हुनुका साथसाथै सिंगो प्राणी जगतमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायू प्राप्त हुने विश्वास गरिन्छ ।
उक्त व्रत केका लागि, कस्का लागि, किन बसिन्छ ? र, कसरी बस्नु पर्दछ भन्ने बारेमा खेन्पो शीर लामाले जानकारी गराउने छन् ।
सो अवसरमा बीसीसी युकेले खेन्पो शीर लामालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खेन्पो शीर लामाको स्वागत तथा सम्मान गरिने छ भने सोपश्चात प्रवचन हुनेछ ।
त्यस्तै, उक्त दिन बीसीसी युकेको निमन्त्रणामा सोमबार बेलायत आएका खेन्पो टासी छिरिङ्गको औपचारिक रुपमा स्वागत गर्ने र बीसीसी युकेको निमन्त्रणामा गत जुनमा भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्ग दोर्जीको बिदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बीसीसी युकेका टुल्कु जिग्ने सामतेन, खेन्पो टासी छिरिङ्ग र खेन्पो केल्जङ्ग दोर्जीकोसमेत विशेष उपस्थिति रहने उक्त प्रवचन, स्वागत एवं बिदाइ कार्यक्रममा सहभागी भइदिन हुनका लागि बीसीसी युकेले बीसीसी युकेका ट्रष्टिज, लाईफ मेम्बर, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुमा हार्दिक अनुरोध गरेको छ । त्यस्तै, उक्त दिन सहभागीहरुलाई निःशुल्क चियापानी, खाजा र खानाको समेत प्रवन्ध मिलाईएको बीसीसी युकेले जनाएको छ । तस्बीरः मिलन तमु
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम