
लण्डन । बेलायतमा तेस्रो ‘अन्लिस योर इनर सेल्फ’ इभेन्ट शनिबार सम्पन्न भएको छ ।
बिहान ९ बजेदेखि दिउँसो २ः३० सम्म फार्नबोरोस्थित भिलेज होटेलमा भएको सो कार्यक्रमको आयोजना माउसटेल ट्रान्सफर्मेशनले गरेको थियो भने पेपरवोर्क सोलुसन्स र वाईबिसी क्लिनिङको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा कसरी सफल हुने, कसरी खुसी हुने, कसरी सम्पत्ति आर्जन गर्ने, कसरी पारस्पारिक सम्बन्ध बलियो बनाउने, कसरी नेतृत्व विकास गर्ने, कसरी सार्थक जीवन जिउने बारे प्रस्तुति दिइएको थियो । यस्तै, विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुबाट आफ्नो अनुभव तथा अहिलेको परिस्थितिमा सरकारलाई तिर्नु पर्ने कर, के निर्णय गर्दा आम्दानी बढाउन सकिन्छ, आदिका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।
वक्ताहरुमा वाईबिसी क्लिनिङ्ग कम्पनीका म्यानेजिंग डाइरेक्टर तथा सफल ब्यबसायी योगेन छेत्री, ब्रिटिश आर्मीका लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा मगर, ए स्टार फाइनान्सियल सोल्युसन्स युकेका प्रिन्सिपल मिन दर्लामी, पेपर वोर्क सोल्युसन्स लिमिटेडका डाइरेक्टर श्याम श्रेष्ठ, र माउसटेल ट्रांन्सफर्मेसनका मान गुरुङ हुनुहुन्थ्यो ।
ब्यायामको लागि नेपालमा चर्चित नृत्यांगना तथा मोडल रीना थापा मगर, नायक, निर्देशक तथा निर्माता बिमल गुरुङले कार्यक्रम संचालन गरेका थिए भने फोटोग्राफीमा इजरा श्रेष्ठ तथा मिलन तमुले साथ दिएका थिए ।
उपस्थितहरुलाई चिया र कफी, स्न्याक्सको ब्यवस्था गरिएको थियो । कार्यक्रममा समाजसेवी, ब्यापारी, युवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात सहभागीहरुबाट सकारात्मक प्रतिक्रिया आएको हुनाले अर्को कार्यक्रम १५ अक्टोबर २०२२ मा आयोजना गरिने आयोजक मान गुरुङले जानकारी दिए ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा