
लण्डन । बेलायतमा तेस्रो ‘अन्लिस योर इनर सेल्फ’ इभेन्ट शनिबार सम्पन्न भएको छ ।
बिहान ९ बजेदेखि दिउँसो २ः३० सम्म फार्नबोरोस्थित भिलेज होटेलमा भएको सो कार्यक्रमको आयोजना माउसटेल ट्रान्सफर्मेशनले गरेको थियो भने पेपरवोर्क सोलुसन्स र वाईबिसी क्लिनिङको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा कसरी सफल हुने, कसरी खुसी हुने, कसरी सम्पत्ति आर्जन गर्ने, कसरी पारस्पारिक सम्बन्ध बलियो बनाउने, कसरी नेतृत्व विकास गर्ने, कसरी सार्थक जीवन जिउने बारे प्रस्तुति दिइएको थियो । यस्तै, विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुबाट आफ्नो अनुभव तथा अहिलेको परिस्थितिमा सरकारलाई तिर्नु पर्ने कर, के निर्णय गर्दा आम्दानी बढाउन सकिन्छ, आदिका बारेमा अनुभव आदानप्रदान गरिएको थियो ।
वक्ताहरुमा वाईबिसी क्लिनिङ्ग कम्पनीका म्यानेजिंग डाइरेक्टर तथा सफल ब्यबसायी योगेन छेत्री, ब्रिटिश आर्मीका लेफ्टिनेन्ट कर्नेल टोल खाम्चा मगर, ए स्टार फाइनान्सियल सोल्युसन्स युकेका प्रिन्सिपल मिन दर्लामी, पेपर वोर्क सोल्युसन्स लिमिटेडका डाइरेक्टर श्याम श्रेष्ठ, र माउसटेल ट्रांन्सफर्मेसनका मान गुरुङ हुनुहुन्थ्यो ।
ब्यायामको लागि नेपालमा चर्चित नृत्यांगना तथा मोडल रीना थापा मगर, नायक, निर्देशक तथा निर्माता बिमल गुरुङले कार्यक्रम संचालन गरेका थिए भने फोटोग्राफीमा इजरा श्रेष्ठ तथा मिलन तमुले साथ दिएका थिए ।
उपस्थितहरुलाई चिया र कफी, स्न्याक्सको ब्यवस्था गरिएको थियो । कार्यक्रममा समाजसेवी, ब्यापारी, युवा र विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात सहभागीहरुबाट सकारात्मक प्रतिक्रिया आएको हुनाले अर्को कार्यक्रम १५ अक्टोबर २०२२ मा आयोजना गरिने आयोजक मान गुरुङले जानकारी दिए ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर