लण्डन। बेलायतको हल विश्वविद्यालयले प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको छ।
प्रा. सुवेदीलाई सन् २०२० मा उक्त विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्ने घोषणा गरे पनि कोभीडको कारणले गत दुइ वर्षदेखि हुन नसकेको दिक्षान्त समारोह अहिले सम्पन्न भएको हो ।
उक्त विश्वविद्यालयकी कूलपति व्यारोनेस भर्जिनिया बटमलिले प्रा. सुवेदीलाई महाविद्यावारिधिको उपाधि प्रदान गरिन्। उनले प्रा. सुवेदीको सम्मानमा एक रात्री भोजको आयोजना पनि गरेकी थिइन्।
प्रा. सुवेदीले सन् १९८८ मा उक्त विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा प्रथमभै कानूनमा स्नातकोत्तर गरेका थिए। हालै मात्र उक्त विश्वविद्यालयले प्रा. सुवेदीको नाममा आधुनिक प्रकारका दास प्रथा उन्मूलन र मानवको मानव भएर बांच्न पाउने बिषयमा संसारमा जो सुकैले लेखेको उत्कृष्ट ग्रन्थलाई प्रदान गरिने वार्षिक पुरष्कार पनि स्थापना गरेको थियो।
यस अघि विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले प्रा. सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको थियो
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र