
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिङ्केनले अमेरिका-नेपाल सम्बन्ध आगामी दशकौँसम्म पनि मित्रवत् रहने बताउनुभएको छ । उहाँले दुई देशले पारस्परिक साझेदारीमा गर्व गर्ने भन्दै सामाजिक सञ्जालमार्फत् दुई देशबीचको सम्बन्धको चर्चा गर्नुभएको हो ।
विदेशमन्त्री ब्लिङ्केनले आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ, ‘हामीहरु आज अमेरिका नेपालको कूटनीतिक सम्बन्धको ७५औँ वर्ष मनाइरहेका छौँ । यस अवधिमा नेपालले सरकार, आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै परिवर्तन हासिल गरेको हामीले देखेका छौँ ।’
नेपाल र अमेरिकाबीच सन् १९४७ को अप्रिल २५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसबखत नेपालको राजधानी काठमाडौँमा दुई देशबीच व्यापार तथा मित्रतासम्बन्धी एक सम्झौता पनि गरिएको थियो ।
गएका ७५ वर्षको अवधिमा अमेरिकाले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका विविध क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको छ । दुई देशबीच कायम रहेको मैत्रीपूर्ण कूटनीतिक सम्बन्धजस्तै नागरिकस्तरमा पनि अन्योन्याश्रित सम्बन्ध रही आएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा