काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले सहजरूपमा खोप पाउने भएका छन् ।
सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट खोप लगाउन पाउनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग वैदेशिक रोजगार व्यवसायी तथा श्रमिकहरुले एक डोजमात्र लगाउँदा हुने जोन्सन खोप व्यवस्थापन गर्न आग्रह गरेका थिए ।
मन्त्री श्रेष्ठले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई पत्र लेखेर खोप व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो । श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोरोना भाइरस विरुद्धको खोपमध्ये जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएकालाई मात्र प्रवेश दिने भएकोले पाँच लाख डोज खोप व्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियो ।
वैदेशिक रोजगारीमा जाने नेपालीलाई सहजरूपमा खोप उपलब्ध गरिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरिएको छ ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा