सल्यान । सल्यानमा बस दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेका छन् ।
मृत्यु हुनेहरुमा सल्यान शारदा नगरपालिका–१२ घर भई हाल दाङ तुलसीपुर उपमहानगपालिका–६ बस्ने वर्ष ५३ की प्रभा चलाउने, शारदा नगरपालिका–२ बस्ने वर्ष ६१ की मीना डाँगी र वर्ष ६६ की लीला बुढाथोकी, सल्यान त्रिवेणी–१ काभ्रा बस्ने वर्ष २४ की मीना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने वर्ष ६० को डुली रेउले, दाङ बबई गाउँपालिका–६ पन्चकुले बस्ने वर्ष ७० की कलादेवी बुढाथोकी, दाङ घोराही उपहानगरपालिका नारायनपुर बस्ने वर्ष ६५ की ईन्द्रा अधिकारी, सल्यान छत्रेश्वरी गाउँपालिका–२ बस्ने वर्ष २९ को तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ बस्ने वर्ष ३५ की सावित्रा केसी र दाङ कोरबाङ बस्ने वर्ष ५ को सुरज ओली रहेको प्रहरीले जनााएको छ ।
सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १५५२ नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा कम्तीमा २० जना घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार