सल्यान । सल्यानमा बस दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा दुई जना पुरुष र १० जना महिला रहेका छन् ।
मृत्यु हुनेहरुमा सल्यान शारदा नगरपालिका–१२ घर भई हाल दाङ तुलसीपुर उपमहानगपालिका–६ बस्ने वर्ष ५३ की प्रभा चलाउने, शारदा नगरपालिका–२ बस्ने वर्ष ६१ की मीना डाँगी र वर्ष ६६ की लीला बुढाथोकी, सल्यान त्रिवेणी–१ काभ्रा बस्ने वर्ष २४ की मीना शाही, दाङ बबई गाउँपालिका–४ बस्ने वर्ष ६० को डुली रेउले, दाङ बबई गाउँपालिका–६ पन्चकुले बस्ने वर्ष ७० की कलादेवी बुढाथोकी, दाङ घोराही उपहानगरपालिका नारायनपुर बस्ने वर्ष ६५ की ईन्द्रा अधिकारी, सल्यान छत्रेश्वरी गाउँपालिका–२ बस्ने वर्ष २९ को तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका–८ बस्ने वर्ष ३५ की सावित्रा केसी र दाङ कोरबाङ बस्ने वर्ष ५ को सुरज ओली रहेको प्रहरीले जनााएको छ ।
सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख १५५२ नम्बरको बस आइतबार मध्याह्न १२ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा दुर्घटना भएको थियो ।
दुर्घटनामा कम्तीमा २० जना घाइतेमध्ये गम्भीर अवस्थाका सात जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको श्रीनगर र खलंगाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने