लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो मन्त्री मण्डलमा हेरफेर गरेका छन् ।
उनले जनमानसमा सकारात्मक प्रभाव पार्न नसकेका मन्त्रीहरुलाई हटाएका छन् भने केहीको पोर्टफोलियो परिवर्तन गरेका छन् ।
उनको मन्त्रीमण्डलमा राम्रो कार्य गर्न नसकेको आरोप लागेका शिक्षा मन्त्री गाभिन विलियमसनलाई उनले हटाएका छन् भने अफगानिस्तानमा तालिवानले कब्जा गरेको बेला विदामा रहेका विदेश मन्त्री डोमिनिक राबलाई विदेश मन्त्रालयबाट हटाएका छन् । राबलाई कानुन मन्त्री बनाइ उपप्रधानमन्त्री समेतको कार्यभार दिइएको छ भने अन्तर्राष्ट्रिय व्यापार मन्त्री रहेर राम्रो काम गरेकी लिज ट्रसलाई नयाँ विदेश मन्त्री बनाइएको छ । शिक्षा मन्त्रीमा खोप मन्त्री रहेको नदिम जाहावीलाई ल्याइएको छ ।
यस्तै प्रभावकारी कार्य गर्न नसकेको गुनासो खेपेका कानुन मन्त्री रोवर्ट बक्ल्याण्डलाई पनि मन्त्रीमण्डलबाट हटाइएको छ । कंजरभेटिभ पार्टीको अध्यक्षबाट अमान्दा माइलिङलाई हटाइएको छ भने आवास मन्त्री रोबर्ट जेनरिक पनि खोसुवामा परेका छन् । सँस्कृति मन्त्री रहेको ओलिभर डाउडेन नयाँ पार्टी अध्यक्ष तोकिएका छन् भने यसअघि विना विभागीय मन्त्री माइकल गोभलाई नयाँ आवास मन्त्रीको जिम्मा दिइएको छ । यस्तै नदिन डोरिसलाई सँस्कृति मन्त्री नियुक्त गरिएको छ । डोरिस यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन् ।
पुनर्गठनमा आन मारी ट्रेभलिनले अन्तर्राष्ट्रिय व्यापार मन्त्रीको जिम्मेवारी पाएको छिन् भने स्टिभेन बार्कलेले डची अफ ल्याङ्कास्टरको जिम्मा पाएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा