लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो मन्त्री मण्डलमा हेरफेर गरेका छन् ।
उनले जनमानसमा सकारात्मक प्रभाव पार्न नसकेका मन्त्रीहरुलाई हटाएका छन् भने केहीको पोर्टफोलियो परिवर्तन गरेका छन् ।
उनको मन्त्रीमण्डलमा राम्रो कार्य गर्न नसकेको आरोप लागेका शिक्षा मन्त्री गाभिन विलियमसनलाई उनले हटाएका छन् भने अफगानिस्तानमा तालिवानले कब्जा गरेको बेला विदामा रहेका विदेश मन्त्री डोमिनिक राबलाई विदेश मन्त्रालयबाट हटाएका छन् । राबलाई कानुन मन्त्री बनाइ उपप्रधानमन्त्री समेतको कार्यभार दिइएको छ भने अन्तर्राष्ट्रिय व्यापार मन्त्री रहेर राम्रो काम गरेकी लिज ट्रसलाई नयाँ विदेश मन्त्री बनाइएको छ । शिक्षा मन्त्रीमा खोप मन्त्री रहेको नदिम जाहावीलाई ल्याइएको छ ।
यस्तै प्रभावकारी कार्य गर्न नसकेको गुनासो खेपेका कानुन मन्त्री रोवर्ट बक्ल्याण्डलाई पनि मन्त्रीमण्डलबाट हटाइएको छ । कंजरभेटिभ पार्टीको अध्यक्षबाट अमान्दा माइलिङलाई हटाइएको छ भने आवास मन्त्री रोबर्ट जेनरिक पनि खोसुवामा परेका छन् । सँस्कृति मन्त्री रहेको ओलिभर डाउडेन नयाँ पार्टी अध्यक्ष तोकिएका छन् भने यसअघि विना विभागीय मन्त्री माइकल गोभलाई नयाँ आवास मन्त्रीको जिम्मा दिइएको छ । यस्तै नदिन डोरिसलाई सँस्कृति मन्त्री नियुक्त गरिएको छ । डोरिस यसअघि स्वास्थ्य राज्यमन्त्री थिइन् ।
पुनर्गठनमा आन मारी ट्रेभलिनले अन्तर्राष्ट्रिय व्यापार मन्त्रीको जिम्मेवारी पाएको छिन् भने स्टिभेन बार्कलेले डची अफ ल्याङ्कास्टरको जिम्मा पाएका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]