लण्डन । गोरखाहरुको समस्या समाधानका लागि नेपाल तथा बेलायत सरकारबीच तत्काल वार्ताको माग राखी बेलायतमा अनसनरत गोरखा सैनिकहरुप्रति ऐक्यवद्धता जनाउन नेपालमा पनि अनसन शुरु हुने भएको छ ।
नेपालमा बसोबासरत गोरखा सैनिकहरु, सिंगापुर प्रहरी र नागरिक समाजको सहभागितामा आइतबारदेखि रिले अनसन शुरु हुने बताइएको छ ।
सो अनसन दिन र रात गरी चौबीसै घण्टा चल्ने बताइएको छ ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति नेपालको आयोजनामा हुने सो अनसन वरिष्ठ अधिवक्ता प्राध्यापक युवराज संग्रौलाले शुरु गर्ने बताइएको छ । उनी गोरखाहरुको समस्याका बारेमा जानकार व्यक्ति हुन् । यसअघि गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का कानुनी सल्लाहकार रहिसकेका संग्रौला नेपाल सरकारका पूर्व कानुनी सल्लाहकार महान्यायाधिवक्ता पनि हुन् ।
सो अनसनमा भाग लिन दिन र रातका लागि आठ/आठ जनाको समूह बनाइएको छ । जसमा पूर्व गोरखाका साथै उनका परिवार पनि छन् । हालसम्म तीन दर्जनले सो अनसनमा भाग लिनका लागि नाम लेखाइसकेका छन् भने अनसन बस्न नाम लेखाउने स्वयंसेवी गोरखा र उनीहरुको परिवारको नाम थपिँदो छ ।
बेलायतमा गोरखाहरुले रिले अनसनपश्चात आमरण अनसन बसिरहेका छन् । ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राना घले एक सातादेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिट अघि आमरण अनसनरत छन् ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा