लण्डन । तनहुँ समाज युकेले पोलियो रोगका कारण कम्मरमुनीको शरीर नचल्ने समस्याबाट पीडित तनहुँ रिसिङ गाउँपालिका १ झापुटारकी कमला थापाको उपचारमा सहयोग गरेको छ ।
समाजका अध्यक्ष लेख गुरुङका अनुसार उनको बारेमा स्थानीय गाउँपालिकाले सहयोगका लागि तनहुँ समाज युकेलाई अनुरोध गरेकोमा युकेमा रहेका सदस्यहरुबाट सहयोग संकलन गरी ५ लाख ५५ हजार ८३० रुपियाँ सहयोग गरिएको छ ।
सो रकम समाजकी पूर्व उपाध्यक्ष अनिता रानाले थापाकै निवासमा गई हस्तान्तरण गरेकी थिइन् ।
२४ वर्षीया थापा विगत एक वर्षदेखि उपचारका लागि काठमाडौँमा बस्दै आएकी छिन् । उनलाई उनकी बहिनीले हेरचाह गरिरहेकी छिन् । सुरिलो श्वर भएकी कमला कम्प्युटर र संगीत सिक्न चाहन्छिन् । तर शारीरिक अपाङ्गताका कारण दिसापिसाव गर्न जान, हिँडडूल गर्न उनलाई समस्या छ ।
उनलाई बेलायतमा बसोबासरत निङ्वा पन्धाक लिम्बुले गत वर्ष ह्वील चेयर, पिसाब संकलन हुने झोला र ६० हजार नगद गरेका थिए ।
समाजले कमलालाई सहयोग संकलनमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएको छ ।
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहबाट शपथ ग्रहण
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित