शुक्रबार, असार ६, २०८२ | June 20, 2025
  • गृहपृष्ठ
  • समाचार
    • युके समाचार
    • वीनेपाली स्पेशल
    • खेलकुद
    • रंगमञ्च
  • दृष्टिकोण
  • हाम्रो नेपालमा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रोफाइल
  • अन्तर्वार्ता
  • मल्टिमिडिया

उपत्यकामा आजदेखि निषेधाज्ञा लागू

वीनेपाली | २०७८ वैशाख १६ गते ६:२७

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि भद्रकालीमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर : प्रदीपराज वन्त,रासस

 

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो ।
आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन । आदेशानुसार सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइने छैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ ।
विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ । विवाह व्रतबन्धमा सहभागी भई अन्य जिल्लाबाट फर्कनुपर्दा चालकसहित बढीमा सात जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने छ । मृत्यु संस्कार वा बिरामी कुरुवाका रूपमा अन्य जिल्ला जानुपर्दा विवरण खुल्ने कागजात (निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिस) सहित प्रशासन कार्यालयबाट पास लिनुपर्ने व्यवस्था गरिएको छ । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ । सोही अधिकार प्रयोग गरी उपत्यकामा आजदेखि लागू गरिएको आदेश यही २२ गते राति १२ बजेसम्म जारी रहने छ ।
यस्तै अन्य दर्जन बढी जिल्लामा पनि यसैगरी आदेश जारी भएको छ । उक्त अवधिमा अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यकामा प्रवेश पाउने छैन । सरकारी कार्यालयलगायतका सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागबाट जारी भएको सवारी पास लिई सवारी साधन प्रयोग गर्न पाइने छ । विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनु पर्ने छ । यस्तै खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल व्यवसाय बाहेकका व्यवसाय बन्द गरिएको छ । खाद्य सामग्री पसल, ग्रोसरी कक्ष बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने हुन्छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने, काठमाडौँ उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्यरूपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । यसैबीच सरकारले नेपाल सिमाना जोडिएका छिमेकी मुलुकका नागरिकबाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगन गरेको छ । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय र चिनियाँ नागरिकलाई निजले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घन्टाभित्रको कोभिड–१९ नेगेटिभ तथा १० दिन अनिवार्यरूपमा होटेल क्वारेन्टिनमा बस्ने गरी होटेल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।
हवाई मार्गबाट नेपाल प्रवेश गर्ने नागरिकले पनि उक्त मापदण्ड पालना गर्नुपर्नेछ । उनीहरुले १० दिन अनिवार्य होटेल वा होम क्वारेन्टिनममा बस्नुपर्नेछ ।

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान न्यूूरोड गेट । तस्वीर : प्रदीपराज वन्त,रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री

६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ

गणेश ठाडामगर सशस्त्र प्रहरी बलको एआईजीमा पदोन्नति

बेलायतमा एमाले महासचिव पोखरेलको आह्वान : नेपालको समृद्धिमा सहभागी बनौँ

ग्लोबल भुटनीज लिटरेचर अर्गनाईजेसनमा नयाँ नेतृत्व चयन

आदिवासी जनजाति मञ्च युके गठन

परदेशमा मातृभूमिको झल्को : ईलमपोखरी समाज यूकेको समर भेटघाट-२०२५

  • पछिल्ला
  • लोकप्रिय
  • ६१ किलो सुन तस्करी प्रकरणमा फरार अमला रोका पक्राउ
  • स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि–२० आई शृङ्खलामा नेदरल्याण्ड्सलाई हराउँदै नेपाल विजयी
  • लन्डनमा दुई हजार वर्ष पुरानो रोमन भित्तेचित्रको उत्खनन्
  • पूर्वमुख्यमन्त्री पोखरेल बेलायतबाट दोहा प्रस्थान
  • स्कटल्यान्डमा दूतावासको आयोजनामा २३ जूनमा ‘नेपाली मेला २०२५’ हुने
  • फोटो पत्रकार मिलन तमु ‘रश्मूर कम्युनिटी अवार्ड’बाट सम्मानित
  • बेलायतको फार्नबोरोमा गुञ्जियो नेपाली आवाज : १७ औं ओपन कन्सर्टमा हजारौं दर्शक
  • एमाले महासचिव पोखरेलद्वारा लन्डनस्थित कार्ल मार्क्सको समाधिमा पुष्पगुच्छा अर्पण
  • समाजसेवी सुजन कटवाल बेलायती सरकारको प्रतिष्ठित एमबिई पदकबाट सम्मानित
  • आदिवासी जनजाति मञ्च युके गठन
  • About Us
  • Contact Us
  • Privacy Policy
Editor
Naresh Khapangi
Sub-Editor
Pramila Labung Rai
WeNepali.com Ltd. Registered in England Registered No.: 8947559 Registered Address:
13 Bondfield Walk Dartford, Kent DA1 5JS

© २०१२-२०२२, सर्वाधिकार वीनेपाली डट कममा सुरक्षित