लण्डन । एनआरएनए युके र सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले यही मार्च २१ तारिखमा बेलायतमा हुन गइरहेको जनगणनामा इथ्निसिटी र मुख्य भाषामा नेपाली लेख्न अपील गरेको छ ।
एनआरएनए युके, एनआरएनए इङल्याण्ड र वेल्स राज्यसमितिहरु र सिएनएस युकेले संयुक्त रुपमा प्रकाशित गरेको न्यूजलेटरमा सो अपील गरिएको हो ।
न्यूजलेटरमा जनगणनाको व्यक्तिगत विवरणका लागि सोधिएको प्रश्न नम्बर १५, ‘इथ्निक ग्रुप’ मा ‘सी’ खण्डमा गई पाँचौँ बाकसमा ‘एनी अदर एसिएन ब्याकग्राउण्ड’ मा टिक लगाई ‘नेपाली’ लेख्न वा कम्प्युटरबाट भर्दा ‘नेपाली’ छान्न अनुरोध गरिएको छ । त्यस्तै, प्रश्न नम्बर १८ को मुख्य भाषाको प्रश्नमा ‘अदर’मा टिक लगाई ‘नेपाली’ लेख्न वा कम्प्युटरमा भर्दा ‘नेपाली’ छान्न अपील गरिएको छ ।
बेलायतमा नेपालीको अलग पहिचान स्थापना गर्न लामो समयदेखि एनआरएनए युके र सिएनएस युकेले संयुक्त रुपमा विभिन्न कार्य गर्दै आएको उल्लेख गर्दै न्यूजलेटरमा बेलायतमा हुन लागिरहेको जनगणनालाई अवसरका रुपमा उपयोग गर्न अपील गरिएको छ ।
नेपाली संघसंस्थाहरुलाई प्रचारात्मक चेतनामूलक कार्य गर्न, आफ्ना छरछिमेक, टोलछिमेकमा जनगणनाको फाराम भर्न नसक्नेहरुलाई सहयोग गर्न पनि बेलायतका विभिन्न नेपाली संघसंस्थाहरुलाई अपील गरिएको छ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार