लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदुत लोकदर्शन रेग्मीले सोमबार पदबहाली गरेका छन् ।
नेपालबाट आजै बेलायत आइपुगेका रेग्मीले लण्डनस्थित दुताबासमा पदबहाली गरेको दुताबासले जानकारी दिएको छ ।
यसअघि हिथ्रो विमानस्थलमा रेग्मीलाई दुताबासका उपनियोग प्रमुख श्रीमती रोशन खनाल, सैनिक सहचारी रत्नबहादुर गोदारलगायत दुताबासका कर्मचारीले स्वागत गरेका थिए ।
यसअघि प्रकाशित समाचारमा रेग्मीले क्वारेन्टिन अवधि पश्चात कार्यभार सम्हाल्ने उल्लेख भएकामा सच्याएको छ ।
को हुन् रेग्मी ?
सन् १९६६ नोभेम्बर १६ मा स्याङजाको वालिङ नगरपालिका वडा नम्बर ७ मा जन्मिएका रेग्मी सन् १९९५ मा गृह मन्त्रालयको शाखा अधिकृत पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । सन् २००२ मा उनी वन तथा भूसंरक्षण मन्त्रालयको उपसचिव भएका थिए । सन् २००६मा उनी अर्थ मन्त्रालयमा सहसचिव भएका थिए । सन् २०१४ मा उनी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव भएका थिए । त्यसयता उनी अर्थ सचिव, गृह सचिवको कार्यभार सम्हाल्दै २०१७ देखि मुख्य सचिवका रुपमा कार्यरत थिए ।
रेग्मीले जनप्रसाशन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
रेग्मीले संसदीय सुनुवाई र बेलायतबाट एग्रिमो प्राप्त भएपछि बेलायतका लागि नेपालको २१ओैं राजदुतका रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन् ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार