लण्डन । अल्डरसट क्षेत्रमा बसोबासरत मधुमेह र छारे रोग पीडितहरुलाई बिना अपोइन्टमेन्ट कोरोना खोप दिइने भएको छ ।
ग्रेटर रसमुर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव बेल्बासेले प्राइमरी केयर नेटवर्कका निर्देशक डा लुइस पेनसितको कुराकानीपछि सो तय भएको जानकारी दिएका छन् ।
यस्ता रोग लागेका कुनै उमेर समूहका व्यक्तिहरुले प्रिन्सेस हल अल्डरसटमा आगामी शुक्रबारदेखि खोपका लागि सीधै लाइन लाग्न सक्नेछन् । हाल खोपको आपूर्ति नभएका कारण आगामी शुक्रबारदेखि मात्र खोप लगाउन शुरु हुनेछ । खोप लगाउन बिहान ०८३० बजे देखि साँझ १७०० बजे भन्दा पहिला लाईनमा बसिसक्नु पर्नेछ।
यसरी खोप लगाउन जाँदा आफ्नो नाम, जन्म मिति, ठेगाना, जीपी नम्बर र आफूले खाइरहेको औषधिको नाम कागतमा लेखेर लग्नुको साथै पासपोर्टसमेत लिएर जाँदा सजिलो हुनेछ ।
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]