लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसाे) ले बेलायती रक्षा मन्त्रालयद्वारा गोरखाहरुको पेन्सनका सम्बन्धमा सुझाव माग गरिनु षड्यन्त्र भएको बताएको छ ।
संघका सभापति कृष्णकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै गोरखा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका समस्याका बारेमा प्राविधिक समितिले प्रतिवेदन बुझाइ नेपाल तथा बेलायत सरकारका बीचमा वार्ता हुने क्रममा रहेका बखत बेलायती रक्षा मन्त्रालयबाट सुझाव मागिनु षड्यन्त्रपूर्ण भएको बताएको छ ।
केही गोरखाहरुले मन्त्रालयको सो सूचनाका आधारमा गोरखा भूतपूर्व सैनिकहरुसित सुझाव संकलन गरिररहेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गेसोले त्यस्तो भ्रममा नपर्न अपील गरेको छ । हरेक अप्रिल महिनामा बेलायती रक्षा मन्त्रालयले पूर्व गोरखा सैनिकहरुलाई महंगी भत्ता भन्दै पेन्सनमा केही थप गर्ने प्रचलन रहेकोमा त्यसको सन्मुखमा सुझाव मागिनु ‘चलाखीपूर्ण षड्यन्त्र’ भएको गेसोको ठहर छ ।
रक्षा मन्त्रालयले आह्वान गरेको सुझाव संकलनमा सहभागी हुनु भनेको १३ बुँदे प्राविधिक समितिको प्रतिवेदनलाई असफल बनाउनु हाे भन्दै गेसोले दुई देशका सरकारको वार्ता हुने बाटो खुला राख्न पनि सुझाव संकलनमा सहभागी नहुनका लागि अनुरोध गरेको छ ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु
कम्बोडियाबाट २० नेपालीको उद्धार
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की