लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसाे) ले बेलायती रक्षा मन्त्रालयद्वारा गोरखाहरुको पेन्सनका सम्बन्धमा सुझाव माग गरिनु षड्यन्त्र भएको बताएको छ ।
संघका सभापति कृष्णकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै गोरखा भूतपूर्व सैनिकहरुको पेन्सनलगायतका समस्याका बारेमा प्राविधिक समितिले प्रतिवेदन बुझाइ नेपाल तथा बेलायत सरकारका बीचमा वार्ता हुने क्रममा रहेका बखत बेलायती रक्षा मन्त्रालयबाट सुझाव मागिनु षड्यन्त्रपूर्ण भएको बताएको छ ।
केही गोरखाहरुले मन्त्रालयको सो सूचनाका आधारमा गोरखा भूतपूर्व सैनिकहरुसित सुझाव संकलन गरिररहेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै गेसोले त्यस्तो भ्रममा नपर्न अपील गरेको छ । हरेक अप्रिल महिनामा बेलायती रक्षा मन्त्रालयले पूर्व गोरखा सैनिकहरुलाई महंगी भत्ता भन्दै पेन्सनमा केही थप गर्ने प्रचलन रहेकोमा त्यसको सन्मुखमा सुझाव मागिनु ‘चलाखीपूर्ण षड्यन्त्र’ भएको गेसोको ठहर छ ।
रक्षा मन्त्रालयले आह्वान गरेको सुझाव संकलनमा सहभागी हुनु भनेको १३ बुँदे प्राविधिक समितिको प्रतिवेदनलाई असफल बनाउनु हाे भन्दै गेसोले दुई देशका सरकारको वार्ता हुने बाटो खुला राख्न पनि सुझाव संकलनमा सहभागी नहुनका लागि अनुरोध गरेको छ ।
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ