
नेपाल सरकारले कोरोना भाइरसविरुद्वको भ्याक्सिन अभियान आगामी १४ माघबाट गर्ने भएको छ । खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । यद्यपी उनले खोप लगाउने बारेमा केही उल्लेख गरेका छैनन् । बेलायत, अमेरिकालगायतका मुलुकहरुमा राष्ट्र प्रमुख वा सरकार प्रमुखले खोप आफै लगाएर यस्तो कार्य गदै आएका थिए ।
प्रधानमन्त्री ओलीले अभियानको शुभारम्भ १४ माघ बिहान गर्ने छन । खोप अभियान देशभर एकैपटक सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भव नभएका स्थानमा पनि १८ माघभित्रै खोप लगाइनेछ ।
यसैबीच स्वास्थ्य मन्त्रालयले आइतबार देशभरका सबै सात प्रदेशमा खोप पुऱ्याइ सक्ने जानकारी दिएको छ । प्रारम्भिमा फ्रन्टलाइनरमा रहेर काम गर्ने व्यक्तिहरूलाई खोप दिने नेपाल सरकारी योजना छ । यसका लागि भारत सरकारले १० लाख डोज खोप नेपाललाई अनुदानमा दिएको छ ।
अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका एक लाख भायल भारतले अनुदानमा दिएको छ । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । एक भायलमा १० डोज खोप हुन्छ । खोप टेकुस्थित स्वास्थ्य सेवा विभागको केन्द्रीय खोप भण्डारणगृहमा राखिएको छ ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?