लण्डन । नेपाल सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार फेला परेपछि बेलायतबाट नेपाल जान लगाएकाे प्रतिबन्धमा केही खुकुलो बनाएको छ ।
अध्यागमन विभागद्वारा प्रेषित सूचना अनुसार अब बेलायतमा रहेका नेपाली वा नेपाली मूलका मानिसहरुले नेपालमा आफन्तको अन्तिम सँस्कार वा उपचारका लागि नेपाल जान पाउने छन् । तर उनीहरुले यसरी जानु पूर्व बेलायतस्थित नेपाल दुताबासबाट पत्र लिनुपर्नेछ ।
अन्यको हकमा भने नेपाल यात्रामा प्रतिबन्ध जारी नै छ ।
यसैगरी सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनअराइभल भिसा दिन पनि शुरु गरेको छ । कोरोना भाइरसको महामारी फैलिएपछि सो सेवा बन्द गरिएको थियो । सरकारले हालमा कुटनीतिक राहदानीबाहक, संयुक्त राष्ट्र संघ वा अन्य अन्तर्राष्ट्रिय नियोगमा कार्यरत कर्मचारी, राहदानीमा जन्मस्थल नेपाल लेखिएका विदेशीहरु वा गैरआवासीय परिचय पत्रबाहक वा उनीहरुको परिवारलाई मात्र अनअराइभल भिसा दिइने छ ।यसबाहेक अरुको हकमा भने विदेशस्थित नेपाली कुटनीतिक नियोगबाट भिसा प्राप्त गरेको वा नेपाल सरकारका अधिकारीहरुले अनअराइभल भिसा दिनु भनी पत्राचार गरिएको हुनुपर्नेछ ।
सरकारले स्थलमार्गबाट नेपाल भित्रिन भने अहिले पनि बन्देज कायमै राखेको छ । सरकारद्वारा पहिल्यै अनुमति पाएकाबाहेक अरुले स्थलमार्गबाट नेपाल प्रवेश पाउने छैनन् ।
नेपाल आउने सबै यात्रुले यात्रा गर्नुभन्दा ७२ घण्टा पहिले कोभिड टेष्ट गरी त्यसको नतीजा नेगेटिभ भएको कागजात देखाउनु पर्नेछ तर ५ वर्षमुनीका बालबालिकाको हकमा भने यो प्रावधान लागू हुने छैन।
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
विश्वकप फुटबलः साउदी अरेबियामाथि स्पेनको जित
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
बेलायतका प्रधानमन्त्री स्टार्मरमाथि पद छोड्न राजनीतिक दवाव, राजीनामा घोषणाको अपेक्षा
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन