लण्डन । नेपाल नर्सेज एसोसिएसन युकेले नेपालका तीन वटा अस्पतालमा एक/एक वटा भेन्टिलेटर सहयोग गरेको छ ।
एसोसिएसनका अनुसार नारायणी अस्पताल वीरगन्ज, कोशी अस्पताल विराटनगर र लुम्बिनी अस्पताल बुटवलमा एक/एक थान भेन्टिलेटर हस्तान्तरण गरिएको हो ।
एसोसिएसनले बेलायतमा सहयोग संकलन गरी ती भेन्टिलेटरहरु प्रदान गरेको हो ।
शुरुमा दुईवटा अस्पतालमा श्वासप्रश्वास सम्बन्धी केही उपकरणहरु सहयोग गर्ने उद्देश्य राखिए पनि सहयोग संकलन प्रभावकारी बन्दै गएपछि एसोसिएसनले भेन्टिलेटर नै प्रदान गरेको हो ।
भेन्टिलेटर कसरी चलाउने भन्ने बारेमा अस्पतालका कर्मचारीहरुलाई इन्जिनियरहरुले तालिम दिइसकेको उल्लेख गर्दै एसोसिएनले कोभिड १९ का बिरामीहरुको उपचारमा भेन्टिलेटरले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास लिएको छ ।
भेन्टिलेटर खरिदमा १० हजार १४७ पाउण्ड २३ पेन्स लागेको थियो जसमध्ये ६ हजार ३८० पाउण्ड ८२ पेन्स सहयोग उठेको थियो भने बाँकी रकम संस्थाको कोषबाट बेहोरिएको थियो ।
एसोसिएसनले सम्पूर्ण सहयोगदाताहरुमा धन्यवाद ज्ञापन गरेको छ ।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ