लण्डन । इङल्याण्डमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएपछि मंगलबारदेखि राष्ट्रव्यापी लकडाउन शुरु भएको छ ।
सरकारले लकडाउनमा के गर्न पाइने के गर्न नपाइने भन्ने बारेमा सार्वजनिक सूचना प्रकाशित गरेको छ । मूलत सरकारले घरमै बस्न अपील गरेको छ । सीमित कार्यमा बाहेक अन्य अवस्थामा घरबाट बाहिर निस्कनु गैरकानुनी र दण्डनीय बनाइएको छ ।
कस्तो अवस्थामा घर छोड्न पाइन्छ त ?
१. काममा जान – घरबाट गर्न नसकिने काममा जानका लागि ।
२. समाजसेवाका लागि – सामाजिक सेवा वा सहयोगी कार्यका लागि ।
३. अत्यावश्यक कार्यका लागि- आफूलाई चाहिने अत्यावश्यकीय सामग्री किनमेलका लागि वा आफूले रेखदेख गरिरहेका अपाङ्गता भएका, सेल्फ आइसोलेसनमा बसेका वा जोखिममा रहेका व्यक्तिका लागि सामान किनमेल गर्नका लागि ।
४. शिक्षा वा बालबालिकाको रेखदेखका लागि – पठनपाठनका लागि, बालबालिकाको हेरचाहका लागि ।
५. अरुको देखभालका लागि – आफूले रेखदेख गरिरहेका परिवारलाई भेटन, अत्यावश्यकीय सेवाका क्षेत्रमा कार्यरत व्यक्तिहरुको बालबच्चा रेखदेख गर्न, अपाङ्गता भएका वा स्वास्थ्यका हिसाबले जोखिममा रहेकाहरुलाई सहयोग गर्नका लागि ।
६. शारीरिक कसरतका लागि- एक्लै वा आफ्नो घरभन्दा बाहिरका एक जनासित वा आफूले हेरचाह गरिरहेका परिवारका सदस्यहरुसित शारीरिक व्यायामका लागि । तर यस्तो कसरतका लागि आफ्नो स्थानीय क्षेत्रभन्दा बाहिर जान पाइँदैन र दिनमा एकपटक मात्र जान पाइनेछ । अरुसित भेट हुँदा दुई मिटरको सामाजिक दुरी कायम गर्नु पर्नेछ ।
७. स्वास्थ्यका कारण – चिकित्सकसित नियमित जाँचका लागि, कोभिड १९ को टेष्टका लागि र अरु आपतकालिन स्वास्थ्य अवस्थामा घर छोड्न पाइन्छ ।
८. हिँसाबाट बच्न र सहानुभूतिका लागि – कसैले बच्चा पाउँदैछ भने उसित रहनका लागि घरबाहिर निस्कन पाइनेछ । चोटपटकबाट बच्नका लागि वा घरेलु हिंसाबाट अलग रहनका लागि घरबाट बाहिर निस्कन पाइनेछ । कसैको मृत्यु हुन गइरहेको छ भने त्यस्तो व्यक्तिलाई घर वा केयर होममा भेटन जान पाइने छ ।
९. घरपालुवा जनावरको लागि – घरपालुवा जनावरलाई पशु चिकित्सकसित नियमित स्वास्थ्य जाँचका लागि वा उपचारका लागि लैजान घरबाट बाहिर निस्कन सकिने छ ।
१०. विवाह र अन्तिम सँस्कारका लागि – प्रार्थना, पूजाका लागि घरबाट बाहिर निस्कन पाइने छ । अन्तिम सँस्कार, विवाहका लागि घरबाट बाहिर निस्कन पाइनेछ तर यसरी निस्कँदा अन्य परिवारका सदस्यहरुसित घुलमिल हुन पाइँदैन र कति जनासम्म भेट हुने संख्या तोकिएको छ ।
यसबाहेक पनि केही कार्य जस्तै घर किनबेच, भाडामा दिन वा लिन वा मतदानका लागि घरबाट बाहिर निस्कन पाइने छ ।
तर तोकिएका बाहेक अन्य कार्यका लागि घरबाट बाहिर निस्केमा त्यो गैरकानुनी हुनेछ र पहिलो पटक २०० पाउण्डसम्म र तत्पश्चात दुई गुणा वृद्धि भई ६ हजार ४०० पाउण्डसम्म जरिवाना हुन सक्ने छ ।
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
एमालेले छान्यो समानुपातिक १६ सांसद, कुन क्लस्टरबाट को ?
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी