प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रचण्ड–माधव नेपाल समूहका ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएका कारण ३७ जनाले मात्रै हस्ताक्षर गरिएको दावी गरिएको छ । नेकपा प्रदेशसभा संसदीय दलका उपनेता टंक आङबुहाङको नेतृत्वमा गएको टोलीले अविश्वास प्रस्ताव दर्ता गरेको हो । यो नेकपाको ६७ सदस्यको बहुमत सदस्य हुन आउँछ ।
संसद सचिवालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेसँगै अबको मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ । उक्त प्रस्तावको प्रस्तावक इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन् । पार्टी विभाजनपछि ओली समूहमा १९ र प्रचण्ड–माधव समूहमा ४८ जना सदस्य छन् । प्रदेशसभामा नेपाली काँग्रेसका २१, जसपाका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपा १ सदस्य छन् ।
संसद सचिवालयमा प्रस्ताव दर्ता गरेपछि प्रदेशसभाका सभामुख प्रदीप भण्डारीलाई समेत बुझाइएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग