काठमाडौँ । हिमालय उद्धार सङ्घ (एचआरए) को अध्यक्षमा पर्यटन व्यवसायी हरिप्रसाद धरेल निर्वाचित हुनुभएको छ ।
शुक्रबार काठमाडौँमा सम्पन्न एचआरएको निर्वाचनमा अध्यक्ष धरेलसहित ११ पदाधिकारी तथा सदस्य निर्वाचित भएका हुन् ।
अध्यक्षबाहेक बाँकी सम्पूर्ण पद निर्विरोध निर्वाचित भएका थिए । अध्यक्षमा हरिप्रसाद धरेल २४ मत ल्याएर विजयी हुनुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी वसन्तबहादुर हमालले जम्मा सात मत प्राप्त गर्नुभएको थियो ।
निर्विरोध निर्वाचित हुनेमा क्रमशः उपाध्यक्ष कुमार रानाभाट, महासचिवमा श्रीराम खत्री, कोषाध्यक्षमा सुशील अधिकारी तथा सदस्यमा विक्रम न्यौपाने, डिबी कोइराला, डम्बर पराजुली, सदस्यमा पृथ्वी श्रेष्ठ, परशुराम कार्की तथा सहयोगी सदस्यमा गोविन्द घिमिरे र यादव अधिकारी रहनुभएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने