काठमाडौँ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद चरम उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा मंगलबार अध्यादेश जारी गरेकी हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या नपुगेपछि सरकार अध्यादेशको प्रक्रियामा लागेको हो ।
आइतबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएनन् भने मंगलबार सभामुख अग्नि सापकोटा बैठकमा गएनन् । संवैधानिक परिषद्को पदेन सदस्य उपसभामुख पद रिक्त हुँदा एकजना मात्रै अनुपस्थित भए बैठकमा गणपुरक संख्या पुग्दैन । अध्यादेशमार्फत सो व्यवस्था हटाएर उपस्थितमध्ये बहुमतका आधारमा निर्णय गर्न मिल्ने व्यवस्थाका लागि अध्यादेश ल्याइएको हो । विरोध यसैबीच नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारको कदमको विरोध गरेका छन्।
एक ट्वीट गर्दै उनले भनेका छन्, “आज अचानक आएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो। घोर भर्त्सना गर्दछु। यो अध्यादेश स्वीकार्य हुँदैन। ” कांग्रेसले सोमबार मात्रै सरकार सर्वसत्तावादतर्फ अघि बढी रहेको आरोप लगाउंदै देशव्यापी विरोध प्रदर्शन गरेको थियो।
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ