
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को मंगलबारदेखि काठमाडौंमा विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय अधिवेशन सुरु भएसँगै अध्यक्षका दुई प्रत्यासी तीव्र प्रचारमा जुटेका छन् । संघको आगामी कार्यकाल २०१९–२०२१ का लागि वर्तमान उपाध्यक्ष कुल आचार्य र कुमार पन्त प्रतिस्पर्धामा उत्रिएका छन् ।
संघको आगामी नेतृत्व छान्न विश्वका झण्डै ८१ देशबाट प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् । जसमध्ये अधिकांश प्रतिनिधिहरु कुल आचार्यको पक्षमा देखिएका छन् । नयाँ नेतृत्व चुन्न आइपुगेका २५ सय भन्दा बढी प्रतिनिधिमध्ये अधिकांश आचार्यको पक्षमा देखिएका हुन् । आचार्यको पक्षमा व्यानर, प्लेकार्डसहित उनको चुनावी गीत बजाउँदै समर्थकहरुले हायात होटल परिक्रमा गरेका थिए । समर्थकले ‘कुल आचार्य हाइहाइ’ भन्दै चुनावी गीतमा नाचगान समेत गरे ।
अमेरिका, जापान, अष्ट्रेलिया, बेलायत, मध्यपूर्व र युरोपका अधिकांश देशहरुमा आचार्यको बाहुल्यता बढि देखिएको छ । ‘संघमा रहँदै आएको सिन्डिकेट तोड्न पनि यसपाली आचार्यलाई चयन गर्नुपर्ने बाध्यता छ,’ जर्मनीबाट विश्व सम्मेलनमा भाग लिन आएका एक प्रतिनिधिले भने ‘एनआरएनए व्यापारीको मात्रै नभई सामान्य मान्छे पनि नेतृत्व लिन सक्छ भन्ने सन्देश दिन पनि नेतृत्व चयनमा फरक ढंगले सोच्नु आवश्यक छ ।’
बिहीबारसम्म चल्ने सम्मेलनमा अध्यक्षमा आचार्य र पन्तसँगै महासचिवमा जानकी गुरुङ र हेमराज शर्माको प्रतिस्पर्धा छ ।
आचार्यलाई पूर्व अध्यक्षहरु शेष घले, देवमान हिराचन र भवन भट्टको समर्थन छ भने पन्तको पक्षमा जिवा लामिछाने प्रचारमै हिँडेका छन् ।
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ