काठमाडौं। विवादबीच संविधानसभाले आइतबार गठन गरेको ‘प्रस्ताव निर्माण समिति’ को पहिलो बैठक शनिबार बस्ने भएको छ। पहिलो बैठक सभाध्यक्षले बोलाउने नियमावलीको व्यवस्थाअनुरूप शनिबार दिउँसो १ बजे समितिको बैठक बोलाइएको हो। 
समितिमा विपक्षी मोर्चाबाट नाम प्राप्त नभए पनि काम नरोकिने बताइएको छ। एमाओवादी नेतृत्वको १९ दलीय मोर्चामा रहेका दलले समितिमा नामावली नदिने बताएका छन्। १९ दलीय मोर्चाले भने सत्तारूढ दल र सभाध्यक्ष नेम्वाङको कदमविरुद्ध आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ। उनीहरुले बहुमतीय प्रक्रिया नरोकेसम्म सरकार, सत्तारुढ दल र सभाध्यक्षले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।
समितिको पहिलो बैठकले समितिको प्रक्रिया, सिद्धान्त र विधि तय गर्नेछ। समितिले सभापति चयन नगरेसम्म ज्येष्ठ सदस्यले बैठकको सभापतित्व गर्नेछन् ।
समितिमा सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेसका कुलबहादुर गुरुङ छन् । उनी विशेष कारणवश अनुपस्थित भए त्यसपछिका अर्का ज्येष्ठ सदस्यले सभापतित्व गर्नेछन् ।
आइतबार बसेको संविधानसभा बैठकमा सभाध्यक्ष नेम्वाङले १९ दलका सभासदको होहल्लाबीच नै ‘प्रस्ताव निर्माण समिति’ गठनका लागि गरेको प्रस्ताव तीन चौथाइ सदस्यले स्वीकृत गरेका थिए । प्रस्ताव समिति ७३ सदस्यीय हुने भए पनि ४९ जनाको मात्र नामावली सार्वजनिक गरिएको छ । बाँकी सदस्य १९ दलका तर्फबाट राखिनेछ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान