काठमाडौँ, २५ असार – भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ ।
छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल विभागका अधिकारी सहभागी हुनुहुनेछ ।
जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसैवर्ष पूरा हुने मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माले राससलाई जानकारी दिनुभयो । यात्रुसमेत बोक्ने सो मार्गलाई जयनगरबाट बर्दिवाससम्म विस्तार गरिनेछ ।
यसवर्ष रेलमार्ग तयार भए पनि चलाउन नेपाल सरकारसँग रेल नभएकाले भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने विषयमा आज दुई देशका रेल अधिकारी बीचको बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।
“सरकार आफैले वा भारतीय रेल कम्पनीसँग करार गरेर चलाउने भन्ने बारेमा छलफल गरी टुंगोमा पुग्ने कार्यसूची छ, आगामी मंसिर÷पुसमै जनकपुर–जयनगर रेलमार्ग निर्माण सम्पन्न हुनेछ, त्यसलगत्तै रेल चलाउन आवश्यक प्रक्रिया पूरा गरिनेछ”– सहसचिव शर्माले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला सैद्धान्तिक सहमति भएको वीरगञ्ज–काठमाडौँ रेलमार्गका विषयमा पनि आजदेखि शुरु हुने बैठकमा छलफल जनाइएको छ । नेपालगञ्जमा पनि सामान ढुवानीका लागि रेलमार्गले जोड्न सर्वेक्षण शुरु भएको छ । सामान ढुवानी गर्ने रेल नेपाल–भारत सीमाबाट पाँच किमी वरसम्म ल्याइनेछ ।
भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेका रेल आयोजनाका बारेमा पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित