नगरकोट-राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले बिहीबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने बताए ।
वर्तमान सरकारका प्रमुख केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण आयोग, राजश्व अनुसन्धान आयोग र राष्ट्रिय अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याउन खोज्नु शक्ति केन्द्रीकरण गर्ने प्रवृत्तिको संकेत भएको उनको भनाइ थियो ।
अध्यक्ष राणाले सर्वोच्च अदालतले बालकृष्ण ढुंगेलका हकमा सुनाएको सजायलाई वर्तमान सरकारले क्षमा दिएर न्यायपालिकाको मात्र अपमान नभएर शक्ति पृथकीकरणको मूल सिद्धान्तको समेत खिल्ली उडाएको आरोप लगाए ।
केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा आयोग र डाक्टर केसीले सिफारिश गरेको प्रावधानसहितको चिकित्सा शिक्षा विधेयक पारित नभएसम्म मेडिकल माफियाको राज चलिरहने उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल रहेको भन्दै उनले उत्तर र दक्षिणतर्फ नेपालको निकासी बढाउने ठोस योजना सरकारले ल्याउनुपर्ने विचार व्यक्त गरे ।
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ