
संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्वीर – नवीन पौडेल, रासस
काठमाडौँ, ३१ वैशाख – सदनमा हालै सम्पन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटघाट, कुराकानी र सहमतिको विषयमा बहस भयो ।
संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सत्तारुढ दलका सांसदले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुरयाएको बताउनुभएको थियो ।
प्रमुख प्रतिपक्षी दलका सांसदले सदनमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण धार्मिक भ्रमण मात्र भएको टिप्पणी गर्दै नेपाल र भारतबीच विगतका भएका सहमतिलाई कार्यान्वयमा ल्याउन माग गर्नुभयो ।
यस क्रममा सत्तारुढ नेकपा (एमाले)का सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभयो । उहाँले नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक हित र समानताका आधारमा समान हैसियतमा अगाडि बढ्नेछ भन्नुभयो ।
एमालेका उपाध्यक्षसमेत रहनुभएका सांसद रावलले नेपालको संविधान विश्वमा नै गर्व गर्न लायक रहेको चर्चा गर्दै संविधानको मर्म विपरीत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणका क्रममा प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको हुँदा सच्याउन माग गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा अपुरो कुरा आएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो सदनलाई भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सहमति एवं कुराकानीका विषयमा राख्नुभएको अभिव्यक्ति अधुरो आएको बताउनुभयो ।
नेकाका सांसद सिंहको अभिव्यक्तिप्रति विरोध जनाउँदै एमालेका सांसद विरोध खतिवडाले राष्ट्रियताप्रति सदनमा बहस गर्नु हुँदैन भन्नुभयो ।
सोही पार्टीका सांसद डा मीनेन्द्र रिजालले नेपाली जनताले नाकाबन्दीको पीडालाई बिर्सेर भारतीय प्रधानमन्त्रीको स्वागत गरेको चर्चा गर्दै सरकारमा सहभागी दलले विगतका अभिव्यक्तिलाई अहिले नै बिर्सेकामा चिन्ता व्यक्त गर्नुभयो ।
काँग्रेसकै सांसद भीमसेनदास प्रधानले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने बताउनुभयो ।
नेकपा (माओवादी)का सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका कुराकानी एवं सहमतिका विषयमा हिजो सदनसमक्ष राख्नुभएको अभिव्यक्ति कार्यान्वयनमा आओस् भन्नुभयो ।
उहाँले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा भारतबाट पनि सुरक्षाकर्मी आएको विषयमा जनतास्तरबाट प्रश्न उठेको चर्चा गर्दै नेपालमा आउने पाहुनालाई सुरक्षा प्रत्याभूति दिन सरकार सक्षम रहेको छ भन्नुभयो ।
संघीय समाजवादी फोरम नेपालका सांसद मोहम्मद इस्तियाक राईले नयाँ बजेटले आर्थिक समृद्धिमा ध्यान दिन माग गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाली सञ्चारकर्मीले समेत समाचार संकलन गर्न अप्ठ्यारो परेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काठमाडौँका हरेक सडकमा हुने जाम, धुवाँ र धुलोबाट जनता आक्रान्त भएको भन्दै सरकारले कहिलेसम्म सडकलाई धुलो, धुवाँमुक्त बनाउँछ भन्ने प्रश्न गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण उपलब्धिहीन रहेको बताउनुभयो ।
आक्रमणकारी छिटो पक्राउ गर्न माग
नेकपा (एमाले) सांसद कृष्णगोपाल श्रेष्ठले मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि सङ्घातिक आक्रमण गर्नेमाथि २३ दिन बितिसक्दा पनि अपराधीमाथि किन पक्राउ हुँदैन ? यसका बारेमा गृहमन्त्रीले जवाफ दिन माग गर्नुभयो ।
सोही पार्टीका महेश बस्नेतले कृषिको औद्योगिकीकरण, यान्त्रिकीकरण गर्न आग्रह गर्दै मध्यपुर ठिमीका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि संघातिक आक्रमण गर्नेलाई पक्राउ गर्न माग गर्नुभयो ।
नेकपा (एमाले)का नारदमुनि रानाले हरेक वर्ष आउने बाढीले कैलाली जिल्लालाई आक्रान्त पार्ने हुँदा आगामी बाढीको असरलाई कम गर्न समयमै ध्यान दिन सरकारसित माग गर्नुभयो ।
नेपाली काँग्रेसका गगनकुमार थापाले नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी गर्दा नाकाबन्दी लगाउने भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कुन दृष्टिकोणले सफल भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “नाकाबन्दीको पीडा कुन नेपालीले बिर्सेका छन् ? आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?”
संघीय समाजवादी फोरम नेपालका सांसद सरिता गिरीले समग्र मधेशको विकासमा सरकारको ध्यान जाओस् भन्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग