
झापाको अर्जुनधारा–१ स्थित सिस्ने र बुद्धशान्ति–२ जयपुर जोडने बिरीङ खोला पुल निर्माण स्थलको शिलान्यास स्तम्भको उदघाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर- अमितकुमार साङपाङ राई, अर्जुनधारा (झापा) -रासस
सुरुङगा, झापा, १८ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले आज झापामा चारवटा सडक र एउटा पुलको शिलान्यास गर्नुभएको छ ।
रु ७७ करोड १५ लाख ५८ हजारको लागतमा निर्माण हुन लागेका चार सडक र २३ करोड ६९ लाखको लागतमा विरिङ खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्नुभएको हो ।
ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत चारपाने–चैतुवारी–मतीगढा–साँघुटार–घोडामारी–राजगढ सडकको शिलान्यास भएको छ ।
चारपाने चोकबाट शुरु विन्दु भएर राजगढ बजारसम्मको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । सडकको लम्बाई १५ दशमलब ६ किलोमिटर छ । सो सडकले हुलाकी राजमार्ग छोएको छ । सडक निर्माणका लागि एशियाली विकास बैंकको ८० प्रतिशत लगानी र नेपाल सरकारको २० प्रतिशत लगानी गरी रु १८ करोड ५७ लाख ९० हजार ४५६ मा निर्माण हुँदैछ ।
सडक निर्माणसँगै राजमार्ग दक्षिणका ५८ हजार ७६५ जनसंख्या प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।
गुणस्तरीय सर्वायाम सडक सञ्जालको विकास गरी दुई वा दुईभन्दा बढी ग्रामीण वस्तीहरू आर्थिक, सामाजिक केन्द्रहरू वा कृषि क्षेत्रहरू बजारबीच पहुँच अभिवृद्धि गर्न सडक निर्माण कार्य शुरु गरिएको बताइएको छ ।
पूर्वाधार विकासमा संलग्न निकायको क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विकास (डोलिडार) अन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार योजना कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंकबीच सम्झौताबमोजिम सो सडकको स्तरोन्नति कार्य शुरु भएको छ ।
विसं २०८० वैशाखसम्ममा काम सक्ने गरी सडकको स्तरोन्नति कार्यको शिलान्यास भएको छ । कालोपत्रेस्तरमा सडकको स्तरोन्नति तथा कार्य सम्पादनमा आधारित मर्मत गर्ने आयोजनाको मुख्य काम रहने बताइएको छ ।
यसैगरी खर्साङवारी–जलथल–अधिकारी चोक सडक खण्डको शिलान्यास भएको छ । सो सडकको लम्बाई ६ दशमलब ५ किलोमिटर रहेको छ ।
यता आमलडाँगी–समयगढ–सोलमारी सडक ११ दशमलब ५ किलोमिटर र पाडाजुंगी–झर्का–चप्रामारी–खजुरगाछी १० किलोमिटर गरी जम्मा ४३ दशमलब ५ किलोमिटर सडकखण्डलाई कालोपत्रेस्तरमा स्तरोन्नति गरिने भएको छ ।
पाडाजुंगी–झर्का–बालुवथान–चप्रपामारी–खजुरगाछी सडक आयोजनाको लागत २० करोड ७३ लाख ८३ हजार ९१० रहेको बताइएको छ । यो आयोजना समेत २०८० साल वैशाखमा सम्पन्न भइसक्नुपर्ने सम्झौता भएको छ ।
यता कनकाई नगरपालिकाको लक्ष्मीपुर–साधुटार सडकखण्डको उद्घाटन गरिएको छ । रु नौ करोड ८० लाख ६५ हजार ६४९ को लागतमा निर्माण गरिएको सडकले चुरे राजमार्ग छुने बताइएको छ ।
योसँगै प्रधानमन्त्री ओलीले आजै अर्जुनधारा नगरपालिका भएर बग्ने विरीङ खोलामा पक्की पुलको पनि शिलान्यास गर्नुभयो ।
विभिन्न विकास निर्माणको शिलान्यास र उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले झापा धान ‘सुपरजोन’को जिल्ला मात्र नभई हरेक कृषि क्षेत्रलाई ‘सुपरजोन’ बनाउन सकिने बताउनुभयो ।
उहाँले गाउँ, वस्ती र शहरका गुरुयोजना तयार गरेर कृषि तथा औद्योगिक क्षेत्रमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिनुभयो ।
प्रधानमन्त्री ओलीले अब व्यवस्थित वस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न नपाइने बताउनुभयो । उहाँले सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै त्यसको व्यवस्था सरकारले गर्ने बताउनुभयो ।
अस्पताल, शिक्षालय, बजार, मनोरञ्जन स्थललगायत एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने अबको योजना भएकाले निर्वाचित जनप्रतिनिधिलाई त्यसतर्फ ध्यान केन्द्रित गर्न उहाँको सुझाव थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]