काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लुम्बिनीको एकीकृत विकासका लागि जापानका केन्जो टांगेले तयार गरेको गुरुयोजना दुई वर्षभित्र पूरा गरिने बताएका छन् ।
दुई हजार ५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले करीब दुई दशक अगाडि पूरा हुनुपर्ने सो योजना वैज्ञानिक भए पनि राजनीतिक अस्थिरताले काम हुन नसकेको हुँदा अगाडि बढाउनका लागि गृहकार्य गरिएको बताउँदै लुम्बिनी, कपिलवस्तु र देवदहलाई जोड्ने सञ्जाल निर्माणका लागि छलफल भइरहेको जानकारी दिए ।
बुद्धको सन्देशलाई व्यवस्थित शिक्षाका रुपमा फैलाउनका लागि वर्षभरी नै विभिन्न गतिविधि गर्नुपर्नेमा जोड दिँदै उनले यस पटक बुद्धजयन्तीमा तिलौराकोटमा समेत पदयात्रालगायत कार्यक्रम गरिने र कोषको वार्षिक आम्दानीको ५ प्रतिशत स्थानीय लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सहयोग गर्ने निर्णय भइसकेको जानकारी दिए ।
मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले १५ देशका संस्कृति तथा धार्मिक मामिलामन्त्रीलाई सम्मेलनमा निमन्त्रणा गरिएको र १२ मुलुकका १७ जनाले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिए ।
आगामी वैशाख १५ देखि १७ गतेसम्म हुने सम्मेलन व्यवस्थित बनाउन मूल समारोह समिति तथा १८ उपसमिति गठन गरिएको छ । सम्मेलनमा विभिन्न मुलुकबाट बौद्धगुरु तथा प्रतिनिधि आउनेछन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]